Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

युवालयद्वारा किशोरीहरुलाई हाइजीन किट

spot_img
spot_img

वीरगंज । युवालय नामक गैर सरकारी संस्थाले वीरगंज महानगरपालिकाकाे वडा नम्बर २७ उदयपुरघुर्मीका ३० जना किशोरीहरुलाई हाइजीन किट वितरण गरेको छ ।

युवालयका अध्यक्ष सन्तोष महर्जनको नेतृत्वमा उदयपुरघुर्मी पुगेको युवालयको टोलीले सो टोलका किशोरीहरुलाई प्याड ४ पिस, कपडा धुने र नुहाउने २/२ पिस साबुन, नैल कटर १ पिस, सेनिटाइजर १ पिस, पियुष १ पिस, मञ्जन १ पिस, १ पिस रुमाल लगायतका सामाग्री वितरण गरेको युवालयका बाेर्ड सदस्य जया साहले वताए ।

उनले भने “महिनावारी किशोरी एवम् महिलाहरुको नियमित अनि प्राकृतिक प्रक्रिया हो । तर प्राकृतिक प्रक्रियाको बारेमा खुलेर कुरा गर्ने अवस्था हाम्रो समाजमा अँझै भइसकेको छैन । अँझ किशोरीहरुले महिनावारीको समयमा आफ्ना अभिभावकहरुलाई बताउन र आवश्यक सामाग्रीको जोहो गरिदिन पनि अप्ठ्यारो मानीरहेका हुन्छन् । तसर्थ यस्तै असहज अवस्थालाई मध्यनजर गर्दै हामीले किशोरीहरुलाई हाइजीन किट वितरण गरेका हाैं ।”

बालबालिका, किशोरी, गर्भवती एवम् सुत्केरी महिलाहरुलाई विशेष प्राथमिकता दिएर उनिहरुको क्षेत्रमा युवालयले काम गर्दै आइरहेको संस्थाका अध्यक्ष महर्जनले बताए । किशोरीहरुलाई हाइजीन किट वितरण गर्दै युवालयकी लेखा तथा प्रशासन प्रमुख नितु ढंगोलले महिनावारीको समयमा व्यक्तिगत सरसफाईमा ध्यान दिन आग्रह गरिन् ।

डि के ए अष्ट्रियाको सहयोगमा हाइजीन किट वितरण गरिएको युवालयका सदस्य साहले जानकारी दिए ।

वीरगञ्जका अन्य वडाहरुमा पनि शैक्षिक सामाग्री एवम् अन्य राहत सामाग्री समेत वितरण गर्दै आएको युवालयले आगामी दिनमा पनि सामाजिक क्रियाकलापलाई निरन्तरता दिने बालअधिकारकर्मी समेत रहेका साहले बताए ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ की वडा सदस्य रमिला खातुन, उदयपुरघुर्मी स्वास्थ्य चौकीका प्रमुख कृष्णचन्द्र प्रसाद साह, स्वयमसेवक विकास साह लगायतको उपस्थितीमा हाइजीन किट वितरण गरिएको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका नेता सुजित पाण्डेको निधन

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४, लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१४...

भोटेकोशी बाढीपीडितका लागि लायन्स इन्टरनेशनलद्वारा एक करोड सहयोग गर्ने निर्णय

वीरगंज । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले १ करोड...