Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

अति विपन्न दलित परिवालाई खाद्यान्न सहयोग

spot_img
spot_img

वीरगंज । पिस फाेर दलित फाउन्डेसन नेपाल र ग्रामीण दलित शिक्षा विकास केन्द्र नेपाल, दाङको संयुक्त सहकार्यमा स्थानीय संस्था दलित सामुदायिक विकास केन्द्र रौतहटको अनुरोधमा काेभिड १९ तथा लकडाउन प्रभावित एक जनाले राहत पाएका छन् ।

रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका -६ पेटभरवाका कोभिड-१९ तथा लकडाउन प्रभावित प्रयाग महरा चमार राहतमा खाद्य सामग्री पाएका हुन् ।

राहतमा चामल – ३० केजीको ६ बोरा, आलु – १५ केजी, तेल – ५ लिटर (सन फलावर), दाल – ५ केजी, नुन -३ केजी, साबुन – १० पिस , सर्फ ५ प्याकेट, आयुर्वेदिक (लवन, लाईची, आदुवा, पेसार, ज्वाईन, मरिच) (पुरिया सानो सबै ) र मास्क १० पिस लगायतको सामग्रीहरु सहयोग गरिएको पिस फाेर दलित फाउन्डेसनका अध्यक्ष मनाेज रामले वताए ।

देशभर जस्तै रौतहट जिल्लामा पनि मिति २०७८/०१/१६ गतेदेखि हाल सम्म निषेधाज्ञा रहेकाे छ। निषेधाज्ञा र लकडाउनले गर्दा धेरै दलित, मजदुर, जेष्ठ नागरिक, श्रमिकहरु प्रभावित भएका छ्न । काम बन्द भएकोले दैनिकी ज्यालादारी गरेर काम गर्ने घरपरिवारलाई खाद्यान्नको समस्या भएर भोकभोककाे अवस्था भएको छ।

यस्तै चितन महरा चमारको परिवारकाे अवस्था निकै कम्जोर रहेकोले सहयाेग गरिएकाे फाउन्डेसनका अध्यक्ष रामले वताए ।

कैलाली जिल्ला घर भएको हाल क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका बस्ने सामाजिक अभियान्ता दान बिश्वाकर्माको पहल, सहकार्य र समन्वयमा पोखरा जिल्ला घर भएको हाल क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका बस्ने अनिल सेन्चुरी र तनहुँ जिल्ला घर भएका सुनिता सदाशंकर दुबै श्रीमानश्रीमती मार्फत खाद्यान्न राहत र कपडाको लागि सत्र हजार पाँच सय आर्थिक सहयोग गरेका थिए ।

सहयाेग हस्तान्तरण कार्यक्रममा दलित सामुदायिक विकास केन्द्र, रौतहटका अध्यक्ष उदयनारायण डोम, समुदाय विकास केन्द्रका अध्यक्ष बिजय मल्लि, पिसफोर दलित फाउन्डेसन नेपालका नागरिक स्वयंसेवीकाे संयोजक संन्जोग कुमार राम लगायत स्थानिय दलित अगुवाहरुकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालका अध्यक्ष मनोज रामले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका नेता सुजित पाण्डेको निधन

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४, लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१४...

भोटेकोशी बाढीपीडितका लागि लायन्स इन्टरनेशनलद्वारा एक करोड सहयोग गर्ने निर्णय

वीरगंज । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले १ करोड...