Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

बिन्दवासिनीमा ३ महिलासहित ५५ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिकाकाे वडा नं. २ बहुअर्वा भाठामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

विन्दवासिनी गाउँपालिकाकाे आयाेजना र नेपाल हेल्थ सेवाकाे सह आयाेजनामा भएकाे कार्यक्रममा ३ महिलासहित ५५ जनाले रक्तदान गरेकाे युवा वचन पर्साका संयोजक एवम् नेपाल हेल्थ सेवाका सल्लाहकार किसन सर्राफले वताए ।

श्री राधा कृष्ण चाैरसिया मावि बहुअर्वा भाठामा भएकाे कार्यक्रममा बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु, प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह राैनियार, स्वास्थ्य शाखा प्रमुख नरेश प्रसाद चौहान,जसपाका युवा नेता गौरी संकर साह, शिक्षक मुकलेश गद्दी, मुकेेश कुमार साहले रक्तदान गरेका थिए ।

यस्तै, निभा क्षेत्री, सन्ध्या कुमारी, प्रिती घिसिंग, निरज कुमा पासवान, राजन कुमार पाण्डे, नकुल पटेल, राजु पटेल, उजवल रजक, हिरालाल साह, रबि कुमार, प्रशुराम प्रसाद यादव, महेश्वर कुमार साह, साेनु कुशवाहा, नरेश प्रसाद साह, जयनारायण पंडित, सुनिल प्रसाद चाैहान, अरबिन्द कुमार पंडित, भिम पटेल, बिवेक कुमार साह लगायतकाले रक्तदान गरेकाे सर्राफले जानकारी दिए ।

रक्तदान कार्यक्रम रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...