Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026

आमिर खानले गरे डिभोर्स

spot_img
spot_img

बलिउडका मिस्टर फरफेक्शनिस्ट आमिर खान र किरण रावले १५ वर्षको सम्बन्धलाई तोडेका छन् । उनीहरु दुवैले सहमतिमा सम्बन्ध विच्छेद गरेको बताएका छन् । दुवै श्रीमान र श्रीमतीको रुपमा नरहे पनि व्यावसायिक साझेदार भने बन्न सक्ने टाइम्स अफ इन्डियाले जनाएको छ । उनीहरुले भनेका छन्, ‘हाम्रो व्यावसायिक सम्बन्ध भने कायम छ ।’

उनीहरुको एक सन्तान छन्, अजाद । उक्त बच्चाको पालनपोषण दुवैले गर्ने सहमति भएको छ ।

आमिर खानले यसअघि सन् २००२ मा रीना दत्तसँग सम्बन्ध विच्छेद गरेका थिए । आमिर र रीनातर्फ दुई छोराछोरी छन् । पछि २००५ मा किरण रावसँग आमिरको विवाह भयो । यो आमिरको दोस्रो विवाह थियो ।

आमिर र किरण रावले अलग हुनुको संयुक्त पत्र लेखेका छन् । उनीहरुले लेखेका छन्,

 ‘यी १५ सुन्दर वर्षहरुमा हामीले एकसाथ जीवनभरको अनुभव, आनन्द र खुसी साझेदार गरेका थियौं । र, हाम्रो सम्बन्धले केवल विश्वास, सम्मान र प्रेम बढायो । अब हामी आफ्नो जीवनमा एक नयाँ अध्याय सुरु गर्न चाहन्छौं । अब पति र पत्नीको रुपमा नभई सह माता पिता र परिवारको रुपमा रहनेछौं । हामीले केही समय पहिले एक प्लान्ड सेपरेशन सुरु गरेका थियौं । अब यस व्यवस्थालाई औपचारिक रुप दिनमा सहज महसुस गरेका छौं । अलग अलग रहेर पनि आफ्नो जीवनको एक विस्तारित परिवार झैं साझेदार रहनेछाैं । हामी आफ्ना छोरा आजादप्रति समर्पित आमा बुवा हौं, जसको पालनपोषण हामी दुवै मिलेर गर्नेछौं । हामी फिल्म, पानी फाउन्डेसन र अन्य परियोजनामा पनि सहयोगी काम जारी राख्नेछौं । जसको बारेमा हामी भावुक महसुस गरिरहेका छौं । हाम्रो सम्बन्धको विकासका बारेमा उनको निरन्तर समर्थन र समझदारीका लागि हाम्रा परिवार र साथीभाइलाई एकदमै धन्यवाद दिन्छौं । हामी आफ्ना शुभचिन्तकबाट शुभकामना र आशीर्वादको अपेक्षा गर्छौं । र, आशा गर्छौं कि, हामीले जस्तै यस सम्बन्ध विच्छेदलाई एक अन्त्यको रुपमा नभई, एक नयाँ यात्राको सुरुवातको रुपमा बुझ्नुहुनेछ ।  धन्यवाद र प्रेम ।

एक अन्तरवार्तामा आमिरले भनेका छन् कि उनीहरुको भेट फिल्म लगानको सेटमा भएको थियो । त्यहाँ किरण असिस्टेन डाइरेक्टर थिइन् । दुवै केही वर्ष डेट गरेपछि विवाह गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा नरेश तुराहा

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । नरेश तुराहाको अध्यक्षतामा १०५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको...

मोहरममा हातहतियार र भाँठा प्रदर्शन निषेध, डिजे बजाउन पनि रोक

वीरगंज । मुस्लिम धर्मावलम्बीहरूको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन पर्सा प्रशासनले विभिन्न निर्णयहरू गरेको छ । मोहरमका अवसरमा...

वीरगंज महानगरको ४ अर्ब ४२ करोडको बजेट सार्वजनिक

वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ...