Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

संयुक्त विद्यार्थी संगठनद्वारा वीरगंजमा मशाल जुलुश प्रदर्शन

spot_img
spot_img

वीरगंज । संयुक्त विद्यार्थी संगठनले शनिबार साँझ वीरगंजमा मशाल जुलुश प्रदर्शन गरेका छन् ।

नेवि संघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू र समाजवादी विद्यार्थी संगठनकाे आयाेजनामा प्रधानमन्त्री केपी शर्मा ओलीकाे असंवैधानिक कदम विरुद्ध मशाल जुलुश प्रदर्शन गरिएकाे अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का सह संयाेजक प्रभाकर गुप्ताले वताए  ।

प्रधानमन्त्री ओलीद्वारा असंवैधानिक तरिकाले गरिएको संसद विघटन विरुद्ध विद्यार्थी संगठनहरुकाे केन्द्रिय आन्दाेलनकाे कार्यक्रम अन्तर्गत नै वीरगंज पनि मशाल जुलुश प्रदर्शन गरिएकाे उनले जानकारी दिए ।

बीरगन्जको घडिअर्वास्थित गीतामन्दिर रोडबाट सुरु भएको प्रदर्शन घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो । मशाल जुलुशकाे प्रदर्शनकाे क्रममा प्रहरीले हस्तक्षेप समेत गरेका थिए ।

नेवि संघका विकेश पटेल, समाजवादी विद्यार्थी युनियनका एजाबाबु राँकी, अनेरास्ववियु (क्रान्तिकारी) का कविराज पटेल, अनेरास्ववियुका रन्दिप श्रीवास्तवकाे नेतृत्वमा ओली सरकारको असंवैधानिक गतिविधी विरुद्ध प्रदर्शन गरिएकाे हाे ।

मशाल जुलुशमा सहभागिहरुले केपी ओली मुर्दाबाद, प्रतिगमन मुर्दाबाद, महंगी, भ्रष्टाचार र सरकारका जनविरोधी क्रियाकलाप मुर्दाबाद लगायतका चक्राे नारा  समेत लगाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...