Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

पार्टीले साहसी तथा होनाहार व्यक्तित्वलाई गुमायाे : नेपाली कांग्रेस पर्सा

spot_img
spot_img
वीरगंज । नेपाली कांग्रेस पर्साले कालिकामाई गाउँपालिका वडा नं. १ मुडली निवासी नेता राजेन्द्र कुमार कुर्मीकाे निधन प्रति शोक व्यक्त गरेकाे छ ।
 
नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले शुक्रबार शाेक वक्तव्य जारी गर्दै नेपाली कांग्रेस, पर्सा संसदिय निर्वाचन क्षेत्र नं.३ को पूर्व महासमिति सदस्य, मुडली गाविसको पूर्व अध्यक्ष एवं कालिकामाई गाँउपालिकाकाे अध्यक्षका प्रत्याशी नेता कुर्मीको निधन प्रति शाेक व्यक्त गरेका हुन् ।
 
जारी शाेक वक्तव्यमा नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा तथा संगठन निर्माणमा कुर्मीले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । वहाँको निधनले नेपाली कांग्रेस,पर्साले एक कुशल, लोकप्रिय, साहसी तथा होनाहार व्यक्तित्वलाई गुमाएको उल्लेख गरिएकाे छ ।
 
यसका साथै नेपाली कांग्रेस, पर्सा वहाँको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गरेकाे छ । साथै वहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा नेपाली कांग्रेस, पर्सा हार्दिक समवेदना पनि प्रकट गरेकाे छ । 
 
नेता कुर्मीकाे ६८ वर्षको उमेरमा २०७८ असार १४ गते सोमवारका दिन असामयिक तथा अकल्पनिय निधन भएकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खेतमा पानी पुगेपछि किसान खुसी

जनकपुरधाम ।  खेतमा पानी पुगेपछि सप्तरीका किसान खुसी भएका छन् । लामो समयदेखि आकाशेपानीको भरमा खेती गर्दै आएका किसानले यस वर्ष खेतीको मुख्य समयमा नहरमार्फत...

बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै

धनुषा । मधेस प्रदेश सरकारले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि दोस्रो चरणको राहत सामग्री आज त्यसतर्फ पुर्‍याउँदै छ । मधेस प्रदेश सरकारका गृह, सञ्चार...

म्याद सकिए पनि घडिअर्वा पोखरीदेखि स्विमिङ पुलसम्म ठेकेदारकै कब्जामा

वीरगंज । वीरगंज महानगरपालिकाअन्तर्गत रहेका घडिअर्वा पोखरी, स्विमिङ पुल, मिना बजार तथा पुरानो बसपार्कको ठेक्का सम्झौताको म्याद गत आर्थिक वर्षको असार मसान्तमै सकिए पनि...