Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

पार्टीले साहसी तथा होनाहार व्यक्तित्वलाई गुमायाे : नेपाली कांग्रेस पर्सा

spot_img
spot_img
वीरगंज । नेपाली कांग्रेस पर्साले कालिकामाई गाउँपालिका वडा नं. १ मुडली निवासी नेता राजेन्द्र कुमार कुर्मीकाे निधन प्रति शोक व्यक्त गरेकाे छ ।
 
नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले शुक्रबार शाेक वक्तव्य जारी गर्दै नेपाली कांग्रेस, पर्सा संसदिय निर्वाचन क्षेत्र नं.३ को पूर्व महासमिति सदस्य, मुडली गाविसको पूर्व अध्यक्ष एवं कालिकामाई गाँउपालिकाकाे अध्यक्षका प्रत्याशी नेता कुर्मीको निधन प्रति शाेक व्यक्त गरेका हुन् ।
 
जारी शाेक वक्तव्यमा नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा तथा संगठन निर्माणमा कुर्मीले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । वहाँको निधनले नेपाली कांग्रेस,पर्साले एक कुशल, लोकप्रिय, साहसी तथा होनाहार व्यक्तित्वलाई गुमाएको उल्लेख गरिएकाे छ ।
 
यसका साथै नेपाली कांग्रेस, पर्सा वहाँको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गरेकाे छ । साथै वहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा नेपाली कांग्रेस, पर्सा हार्दिक समवेदना पनि प्रकट गरेकाे छ । 
 
नेता कुर्मीकाे ६८ वर्षको उमेरमा २०७८ असार १४ गते सोमवारका दिन असामयिक तथा अकल्पनिय निधन भएकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...