Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जिराभवानीमा घर डुबानमा परेकाहरुलाई राहत वितरण

spot_img
spot_img

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकाकाे वडा नं. १ पिपरा र बलुवामा घर डुबानमा परेकाहरुलाई गाउँपालिकाले राहत वितरण गरेकाे छ ।

आविरल बर्षाका कारण डुबारनमा परेका १८ घर धुरीलाई गाउँपालिकाले राहतमा खाद्य सामग्री र त्रिपाल वितरण गरेकाे हाे ।

गाउँपालिकाबाट ३० किलो चामल, १ किलो तेल, १ किलो दाल, १ किलो नुन, आधा किलो सोयाबिन र एउटा त्रिपाल प्रति घर दुरीलाई राहत वितरण गरिएकाे गाउँपालिकाका कर्मचारी सराेज दासले वताए ।

वडा नं. १ का वडाध्यक्ष सेख नुमान आजमकाे अध्यक्षतामा भएकाे राहत वितरण कार्यक्रममा गाउँपालिका स्वास्थ्य संयोजक सफिकुल अन्सारी, उपेन्द्र गाैराे, सशस्त्र प्रहरीका इन्स्पेक्टर केदार राई लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...