Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

खोलामा डुबेर बेपता भएका बालककाे शव फेला

spot_img
spot_img

वीरगंज । पर्साकाे पोखरिया नगरपालिकामा खोलामा डुबेर बेपता भएका बालककाे शव फेला परेको छ ।

सशस्त्र प्रहरी कुहिनाटारबाट आएको घोटा खोरटोली, इलका प्रहरी कर्यालय पोखरियाको टोली, सशस्त्र प्रहरी पोखरियाको टोली र स्थानीय युवाहरु संयुक्त खोजीमा बिहिबार शव फेला परेको हाे ।

पोखरिया नगरपालिकाको वडा नंबर ७ गोबिन्दपुर नजिक धुताहा खोलामा डूबेको स्थानबाट ३ किलोमीटर पर शव फेला परेको इलका प्रहरी कर्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले बताए ।

पोखरीया नगरपालिकाको वडा नम्बर ९, शिवबर्वा बस्ने राजेन्द्र महतो तात्वाका १३ वर्षीय छोरा राजु महतो तात्वा खाेलामा डुबेर वेपता भएका थिए ।

पोखरीया नगरपालिका वडा नम्बर ७ रानीगञ्ज र रहरीया गाउँको बीचमा बग्ने धुताहा खोलाले उनलाई मंगलबार दिउसो उनलाई बगाएको थियो । गाउँका एक जनाको शव सद्गतका लागि मलामी गएका उनी नुहाउने क्रममा बेपत्ता भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...