Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

खोलामा डुबेर बेपता भएका बालककाे शव फेला

spot_img
spot_img

वीरगंज । पर्साकाे पोखरिया नगरपालिकामा खोलामा डुबेर बेपता भएका बालककाे शव फेला परेको छ ।

सशस्त्र प्रहरी कुहिनाटारबाट आएको घोटा खोरटोली, इलका प्रहरी कर्यालय पोखरियाको टोली, सशस्त्र प्रहरी पोखरियाको टोली र स्थानीय युवाहरु संयुक्त खोजीमा बिहिबार शव फेला परेको हाे ।

पोखरिया नगरपालिकाको वडा नंबर ७ गोबिन्दपुर नजिक धुताहा खोलामा डूबेको स्थानबाट ३ किलोमीटर पर शव फेला परेको इलका प्रहरी कर्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले बताए ।

पोखरीया नगरपालिकाको वडा नम्बर ९, शिवबर्वा बस्ने राजेन्द्र महतो तात्वाका १३ वर्षीय छोरा राजु महतो तात्वा खाेलामा डुबेर वेपता भएका थिए ।

पोखरीया नगरपालिका वडा नम्बर ७ रानीगञ्ज र रहरीया गाउँको बीचमा बग्ने धुताहा खोलाले उनलाई मंगलबार दिउसो उनलाई बगाएको थियो । गाउँका एक जनाको शव सद्गतका लागि मलामी गएका उनी नुहाउने क्रममा बेपत्ता भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...