Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

राष्ट्रिय धान दिवस पर्सामा पनि मनाइयाे

spot_img
spot_img

वीरगञ्ज । राष्ट्रिय धान दिवस पर्सामा पनि मनाइएको छ । सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. ५ महुवनस्थित खेतमा धान रोपेर धान दिवस मनाइएको हाे ।

धान उत्पादन वृद्धि, खाद्यान्न सुरक्षा, आन्तनिर्भरता र समृद्धि भन्ने नाराका साथ सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. ५ साेलखपुर दिवस मनाइएकाे गाउँपालिकाका सूचना अधिकारी राजेश राैनियारले वताए ।

दिवसकाे अवसरमा गाउँपालिका अन्तर्गतका २५ जना कृषकलाई सम्मान समेत गरिएकाे उनले जानकारी दिए । २५ कृषकहरुलाई गमछा ओढाएर सम्मान गर्दै कुदालाे समेत वितरण गरिएकाे राैनियारले वताए ।

गाउँपालिकाकी उपाध्यक्ष फुलमती चाैधरीकाे अध्यक्षता र गाउँपालिका अध्यक्ष प्रदिप जयसवालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा वडाध्यक्षहरु रुपलाल यादव, जुमादिन अन्सारी, विश्वनाथ पटवारी, इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक दिपक थापा लगायतकाे सहभागिता रहेकाे थियाे ।

यस्तै, वीरगञ्ज महानगरपालिकाले वडा नं ३१ मा आयोजना गरेको रोपाई कार्यक्रममा नगर प्रमुख विजय कुमार सरावगी सहभागी भएका थिए । नगरप्रमुख सरावगीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट ल्याइएको बताए ।

‘कृषकका समस्या समाधान गर्न महानगर गम्भीर छ । वडा नं ३१ मा चैते धान पकेट क्षेत्रको रूपमा घोषणा गर्ने लक्ष्य राखेका छौं’ नगर प्रमुख सरावगीले भने, ‘कृषकको कदम कदममा साथ दिन महानगर तयार छ ।’

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अत्यधिक वर्षाको जोखिम बढ्दै : पर्सा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

वीरगंज । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अत्यधिक भारी वर्षा भई नदी–नालामा पानीको बहाव बढ्ने तथा होचा भू–भाग डुबानमा पर्ने उच्च जोखिम देखिएपछि...

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...