Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेपाली कांग्रेसका नेता राजिन्द्र कुर्मीकाे निधन

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका नेता राजेन्द्र प्रसाद कुर्मीकाे निधन भएकाे छ । कालिकामाई गाउँपालिकाकाे वडा नं १ मुडली निवासी ६६ बर्षिय नेता कुर्मीकाे मंगलबार विहान ९ बजे भारतकाे मुम्बईमा असमायिक निधन भएकाे हाे ।

श्री जनता मावि मुडलीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका कुर्मी स्वास्थ्यमा समस्या देखिएपछि उपचारकाे लागि १९ दिन अगाडी मुम्बई गएका थिए । उनी मुम्बईस्थित टाटा मेमाेराेलियल केन्सर हस्पिटलमा आफ्नाे स्वास्थ्य परिक्षण गराउँदै थिए । 

साेमबार सांझ मात्र आफ्नाे घरमा भिडियाे कल गरेकाे कुर्मीकाे मंगलबार विहान निधन भएकाे खबरले गाउँ नै शाेकमा डुबेकाे छ ।

साविक गाबिस मुडलीका पूर्व अध्यक्ष समेत रहेका कुर्मी गत स्थानिय तहकाे निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार समेत भएका थिए ।

उनी पंचायतकालदेखी प्रजातन्त्र सम्म ४ पटक गाविस अध्यक्षमा निर्वाचित हुन सफल भए पनि गत स्थानिय तहकाे निर्वाचनमा गाउँपालिका अध्यक्षमा झिनाे मतले पराजित भएका थिए ।

समान्य परिवारमा जन्मेका कुर्मी गाबिस अध्यक्ष रहँदा आफ्नाे कार्यकालमा गाउँका ८० बिगहा भन्दा बढी क्षेत्रफल भएकाे १० वटा पाेखरी संरक्षण गर्न सफल व्यक्ति हुन् ।

४५ बर्ष अगाडी देखी राजनितिक सुरुवात गरेका कुर्मी नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि र पूर्व जिल्ला सदस्य समेत हुन् 

कुर्मीकाे शव मुम्बईबाट ल्याउन लागिएकाे र भाेली बुधबार निजि निवास मुडलीमा दाहसंस्कार गरिने परिवारजनले जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...