Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

नेपाली कांग्रेसका नेता राजिन्द्र कुर्मीकाे निधन

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका नेता राजेन्द्र प्रसाद कुर्मीकाे निधन भएकाे छ । कालिकामाई गाउँपालिकाकाे वडा नं १ मुडली निवासी ६६ बर्षिय नेता कुर्मीकाे मंगलबार विहान ९ बजे भारतकाे मुम्बईमा असमायिक निधन भएकाे हाे ।

श्री जनता मावि मुडलीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका कुर्मी स्वास्थ्यमा समस्या देखिएपछि उपचारकाे लागि १९ दिन अगाडी मुम्बई गएका थिए । उनी मुम्बईस्थित टाटा मेमाेराेलियल केन्सर हस्पिटलमा आफ्नाे स्वास्थ्य परिक्षण गराउँदै थिए । 

साेमबार सांझ मात्र आफ्नाे घरमा भिडियाे कल गरेकाे कुर्मीकाे मंगलबार विहान निधन भएकाे खबरले गाउँ नै शाेकमा डुबेकाे छ ।

साविक गाबिस मुडलीका पूर्व अध्यक्ष समेत रहेका कुर्मी गत स्थानिय तहकाे निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार समेत भएका थिए ।

उनी पंचायतकालदेखी प्रजातन्त्र सम्म ४ पटक गाविस अध्यक्षमा निर्वाचित हुन सफल भए पनि गत स्थानिय तहकाे निर्वाचनमा गाउँपालिका अध्यक्षमा झिनाे मतले पराजित भएका थिए ।

समान्य परिवारमा जन्मेका कुर्मी गाबिस अध्यक्ष रहँदा आफ्नाे कार्यकालमा गाउँका ८० बिगहा भन्दा बढी क्षेत्रफल भएकाे १० वटा पाेखरी संरक्षण गर्न सफल व्यक्ति हुन् ।

४५ बर्ष अगाडी देखी राजनितिक सुरुवात गरेका कुर्मी नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि र पूर्व जिल्ला सदस्य समेत हुन् 

कुर्मीकाे शव मुम्बईबाट ल्याउन लागिएकाे र भाेली बुधबार निजि निवास मुडलीमा दाहसंस्कार गरिने परिवारजनले जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...