Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

पर्सामा असार २० सम्म निषेधाज्ञा थपियाे, निजी सवारी संचालन गर्न पाइने

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लामा जारी निषेधाज्ञाको अवधि पुन: थपिएकाे छ ।  जिल्लामा बढ्दै गरेको कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि बैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको अवधि सातौँ पटक थप्दै असार २० गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आइतवार बसेको बैठकले संक्रमण दर घट्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै परिमार्जनसहित निषेधाज्ञा बढाएको डिसिसिएमसीका संयोजक एवम् पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।

बैठकले अत्यावश्यक सेवाका साथै स्वास्थ्य मापदण्डको पालना गरी/गराई स्थानीय तहअनुसार आलोपालो मिलाएर सरकारी, सार्वजनिक एवम् निजि कार्यालय एवम् निकायहरुको सेवा प्रवाह तथा कार्य सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले वीरगञ्जस्थित नारायणी अस्पतालबाट प्रवाह हुने ओ.पि.डि. लगायतका नियमित सेवाहरु यथाशिघ्र सञ्चालनमा ल्याउने निर्णय समेत गरेकाे छ ।

थपिएकाे निषेधाज्ञा अवधिमा सार्वजनिक सवारी साधनहरु संचालन गर्न पाइने छैन भने निजी सवारी साधनहरु संचालन गर्न पाइने छ ।

बैठकले जिल्ला प्रशासन कार्याय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवका संयाेजकत्वमा हाल्डिङ सेन्टर व्यवस्थापन समिति समित समेत गठन गरेकाे छ । जुन समितिकाे सदस्यहरुमा चण्डी प्रसाद गण, जिल्ला प्रशासन कार्यालय पर्सा, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, स्वास्थ्य कार्यालय पर्सा, नेपाल रेडक्रस साेसाइटी पर्सा, वीरगंज महानगरपालिकाकाे अधिकृत प्रतिनिधि रहने छन् भने वीरगंज उद्याेग वाणिज्य संघका प्रतिनिधि सदस्य रहने छन् ।

 

बैठकमा वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजारा, नेकपा माओवादी केन्द्रका प्रतिनिधि छोटेलाल यादव, नेपाली कांग्रेस पर्साका सचिब श्याम पटेल, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, नारायणी अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट बिरेन्द्र बहादुर प्रधान, चण्डी प्रसाद गणकाे प्रमुख सेनानी मदन जंग राणा, जिल्ला प्रहरी कर्यालय पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, जिल्ला समन्वय समिति पर्साका निमित जिल्ला समन्वय अधिकारी छविरमण भट्टराई लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...