Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

सानिमा लाईफ इन्स्याेरेन्सद्वारा १० लाख मृत्यु दाबी भुक्तानी

spot_img
spot_img

वीरगंज । सानिमा लाईफ इन्स्याेरेन्स कम्पनीकाे वीरगंज शाखाले १० लाख ३५ हजार मृत्यु दाबी भुक्तानी गरेकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १३ अशाेकबाटिका निवासी ५३ बर्षिय सुनिता श्रीवास्तवकाे मृत्यु दाबी उनकाे छाेरा राहुल श्रीवास्तवलाई इन्स्याेरेन्स कम्पनीले आइतबार प्रदान गरेकाे हाे ।

काेराेना संक्रमणले मृत्यु भएकाे सुनिताकाे मृत्यु दाबी रु १० लाख ३५ हजारकाे चेक हस्तान्तरण गरिएकाे इन्स्याेरेन्स कम्पनीकाे वीरगंज शाखाका बजार व्यवस्थापन अधिकृत रुस्तम मियाँले वताए ।

कम्पनीले विमितकाे मृत्यु पश्चात इच्छाएकाे व्यक्ति उनकाे छाेरा राहुल गुप्तालाई मृत्यु दाबीकाे साे रकम बराबरकाे चेक हस्तान्तरण गरिएकाे मियाँले जानकारी दिए ।

इन्स्याेरेन्स कम्पनीकाे वीरगंज शाखा प्रमुख नविन रसुल अन्सारीले उनकाे घर मै पुगी साे रकम बराबरकाे चेक हस्तारण गरेका थिए ।

सुनिताले सानिमा इन्स्याेरेन्स कम्पनीकाे वीरगंज शाखामा बरिष्ठ एजेन्सी म्यानेजर धनजित गिरी मार्फत २०७७ कार्तिक १ गते १० लाखकाे जिवन बिमा गराएकी थिइन । उनले बिमा गरेकाे प्रथम किस्ता वापतकाे रु ६७ हजार ३ सय ७९ मात्र भुक्तानी गरेकी थिइन ।

काेराेना संक्रमणले २०७८ बैशाख २३ गते उनकाे मृत्यु भए पश्चात विमाङ रकम १० लाख र बाेनस ३५ हजार थप गरी कुल १० लाख ३५ हजारकाे चेक उनकाे घर मै पुगी हस्तान्तरण गरिएकाे इन्स्याेरेन्स कम्पनीकी ग्राहक सेवा कर्मचारी सुस्मिता कुमारी जयसवालले वताइन ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...