Date
बुध, कार्तिक १८, २०८३
Wed, November 4, 2026

बाढीले धानको बिउ डुबानमा

spot_img
spot_img

वीरगंज । अविरल वर्षाका कारण आएको बाढीले पर्सामा लगाइएको धानबाली र धानको बिउ डुबानमा परेको छ ।

रोपाइँ हुनै लाग्दा शुरु भएको वर्षा र बाढीले पर्सामा धानको बिउ डुबानमा परेको हाे । पर्साको पोखरिया नगरपालिका वडा ९ बैरियाबिर्तामा धानको बिउ डूबानमा परेको छ । बैरियाबिर्तामा रातिको परेको पानीले गर्दा पुरै धानको बिउ डुबानमा परी नष्ट भएको नौसाद आलमले बताए ।

धान रोपाइँ हुने बेला लगातारको वर्षा सहित आएको बाढीले धानबाली बिउ डुबाएकोले किसानहरु मार्कामा परेका छन।

पर्साको पकहा मैनपुर गाउँपालिका वडा नं. ४ काे धोबिया टोला, खेश्रहा, वडा नं. ३ काे मैनपुर, पकाहा, मधुबनी, वडा नं. १ काे धोरे, बिदवासिनी गाउँपालिकाकाे प्रसौनि, मधवल, अमरपट्टी, झौवा लगायतको गाऊँमा लगाइएको धानबाली तथा बिउ डुबानमा परेको स्थानियहरुले वताएका छन् । 

नदीको  बाढी र राती भएको बर्षाका कारण धानबाली र धानको बिउमा पानी पसेको दीपनारायण ठाकुरले बताए । नेपाल–भारत सीमा क्षेत्रका धानबाली डुबानमा परेको ठाकुरले जानकारी दिए ।

डुबानमा परेकामध्ये केही खेतको धानको बिउ जलमग्न हुँदा पूर्ण असर र बाँकी क्षेत्रमा पनि डुबानको असर देखिएको छ । थप वर्षा नभए डुबान भएको धानबाली र धानको बिउ जोगिन सक्छ तर लगातार वर्षा भएमा क्षति हुने ठाकुरले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरमेट र रकममा फरक हुँदाहुँदै पूनम आर्ट्सलाई ठेक्का, वीरगञ्ज महानगरमाथि प्रश्न

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सोलार पोलमा बोर्ड जडानसम्बन्धी ठेक्का प्रक्रियामा त्रुटिपूर्ण कागजात पेस गरेको आरोप लागेका पूनम आर्ट्सलाई ठेक्का दिएको विषय विवादमा परेको छ...

भोजपुरी भाषाको प्रवर्द्धन गर्न वीरगन्जमा साहित्य महोत्सवको तयारी

वीरगन्ज । भोजपुरी भाषा, कला, साहित्य, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वीरगन्जमा ‘वीरगन्ज साहित्य महोत्सव’ आयोजना हुने भएको छ। वीरगन्ज साहित्य महोत्सव...

वनकर्मी र सुरक्षाकर्मीले ज्यादती गरेको फर्निचर उद्योग सञ्चालकको आरोप

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–१ महादेवपट्टि पकडीटोलमा सञ्चालित महालक्ष्मी सः मिल फर्निचर उद्योगका सञ्चालक मनोज साहले वनकर्मी र सुरक्षाकर्मीले आफूहरूमाथि ज्यादती गरेको आरोप लगाएका...