Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

युवालयद्वारा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर ३१ बेलवाका २५ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

डि के ए अष्ट्रियाको सहयोगमा युवालय नामक संस्थाले २५ जना गरिब एवम् विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो । निषेधाज्ञाका कारण विद्यालय बन्द हुँदा विद्यार्थीहरुको नियमित पठनपाठन अवरुद्ध भइरहेको अवस्थामा घरमै बसी अध्ययन गर्ने बानीको विकास गर्ने अभिप्रायले शैक्षिक सामाग्री वितरण गरिएको युवालयका बोर्ड सदस्य एवम् बालअधिकारकर्मी जया साहले बताए ।

उनले भने, ‘युवालयले विगतदेखि नै बालबालिका, सुत्केरी तथा गर्भवतिको क्षेत्रमा काम गर्दै आएको छ । यसअघि हामीले राहत वितरण गरेका थियौँ । अहिले पनि आवश्यक्तालाई मध्यनजर गर्दै राहत पनि बाँड्यौँ भने अहिले बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्दै छौँ ।”

स्थानीय अभिभावक केशव तिमिल्सिना, स्वयमसेवकहरु विकास साह, हरेराम साह लगायतको उपस्थितीमा शैक्षिक सामाग्री वितरण गरिएको उनले जानकारी दिए ।

प्रति विद्यार्थी ८ वटा कपी, १४ वटा पेन्सिल, १० वटा कटर, १० वटा इरेजर, ५ वटा पेन, १ बक्स कलर पेन्सिल, स्केल गरी ५ सय रुपैयाँ बराबरको प्याकेज बनाएर वितरण गरिएको साहले बताए । आगामी दिनमा महानगरपालिकाका अन्य वडाहरुमा पनि शैक्षिक सामाग्री वितरण गर्ने कार्यलाई निरन्तरता दिने साहको भनाई छ ।

शैक्षिक सामाग्री वितरण कार्यक्रमको सहजिकरण राजेश्वर चौधरी गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका नेता सुजित पाण्डेको निधन

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४, लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१४...

भोटेकोशी बाढीपीडितका लागि लायन्स इन्टरनेशनलद्वारा एक करोड सहयोग गर्ने निर्णय

वीरगंज । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले १ करोड...