Date
मङ्ल, कार्तिक ४, २०८३
Tue, October 20, 2026

युवालयद्वारा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर ३१ बेलवाका २५ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

डि के ए अष्ट्रियाको सहयोगमा युवालय नामक संस्थाले २५ जना गरिब एवम् विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो । निषेधाज्ञाका कारण विद्यालय बन्द हुँदा विद्यार्थीहरुको नियमित पठनपाठन अवरुद्ध भइरहेको अवस्थामा घरमै बसी अध्ययन गर्ने बानीको विकास गर्ने अभिप्रायले शैक्षिक सामाग्री वितरण गरिएको युवालयका बोर्ड सदस्य एवम् बालअधिकारकर्मी जया साहले बताए ।

उनले भने, ‘युवालयले विगतदेखि नै बालबालिका, सुत्केरी तथा गर्भवतिको क्षेत्रमा काम गर्दै आएको छ । यसअघि हामीले राहत वितरण गरेका थियौँ । अहिले पनि आवश्यक्तालाई मध्यनजर गर्दै राहत पनि बाँड्यौँ भने अहिले बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्दै छौँ ।”

स्थानीय अभिभावक केशव तिमिल्सिना, स्वयमसेवकहरु विकास साह, हरेराम साह लगायतको उपस्थितीमा शैक्षिक सामाग्री वितरण गरिएको उनले जानकारी दिए ।

प्रति विद्यार्थी ८ वटा कपी, १४ वटा पेन्सिल, १० वटा कटर, १० वटा इरेजर, ५ वटा पेन, १ बक्स कलर पेन्सिल, स्केल गरी ५ सय रुपैयाँ बराबरको प्याकेज बनाएर वितरण गरिएको साहले बताए । आगामी दिनमा महानगरपालिकाका अन्य वडाहरुमा पनि शैक्षिक सामाग्री वितरण गर्ने कार्यलाई निरन्तरता दिने साहको भनाई छ ।

शैक्षिक सामाग्री वितरण कार्यक्रमको सहजिकरण राजेश्वर चौधरी गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...