Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

भाठामा दुधेश्वरनाथ महादेव मन्दिर प्रवेशद्वारको शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ सोनवर्षा बैरीयामा पर्ने  प्रसिद्ध भाठा बाबा दुधेश्वरनाथ महादेव मन्दिर प्रवेशद्वारको शनिबार शिलान्यास गरिएकाे छ । 

प्रदेश नम्बर २ सरकारको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयबाट निर्माण हुने प्रवेशद्वारको विगठित प्रतिनिधि सभाकाे निलम्बित सांसद हरिनारायण रौनियार र प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य प्रह्लाद गिरीले सयुँक्त रुपमा शिलान्यास गरेका हुन् ।

३२ लाखको लागतमा निर्माण हुने प्रवेशद्वारको शिलान्यास गर्दै सांसद रौनियारले कोरोना भाइरसको महामारीले प्रभावित भएका विकास निर्माणका कामहरुले अब तिव्रता लिने बताए ।

धार्मिक पर्यटकिय क्षेत्रको रुपमा परिचित दुधेश्वरनाथ मन्दिरको प्रवेशद्वारले अँझै सुन्दरता बढाउने र पर्यटक भित्र्याउन सघाउ पुग्ने विश्वास रौनियारले व्यक्त गरे ।

शिलान्यास कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्रीका स्वकिय सचिब दिपक यादव लगायतका स्थानिय जनप्रतिनिधिको उपस्थिती रहेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...