Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

बैठामाथी कारवाही गर्न माओबादी केन्द्र पर्साकाे सिफारिस

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कार्यसमिति पर्साले तत्कालिन नेकपाका प्रदेश कमिटि सदस्य रामबाबु बैठालाई कारवाही गर्न पार्टीकाे केन्द्रिय कार्यालयमा सिफारिस गरेको छ ।

माओबादी केन्द्र पर्साका अध्यक्ष विजय महतोले पार्टीका केन्द्रिय अध्यक्षलाई एक पत्र लेख्दै बैठामाथी कारवाहीकाे माग गरेका हुन् । 

पार्टीको जिम्मेवार व्यक्तिले पार्टीगत भन्दा पनि व्यक्तिगत स्वार्थका लागि काम गरीरहेको हुँदा यसले पार्टीको अस्तित्व र भविष्य संकटमा पर्न सक्ने माओवादी केन्द्र पर्साका अध्यक्ष विजय महतोद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएकाे छ ।

नारायण काजी श्रेष्ठ, विश्वनाथ साह, गिरिराजमणि पोख्रेल जस्ता पार्टीका वरिष्ठ नेताहरुको नाम लिएर काम गराईदिने अर्थात जागिर लगाईदिने जस्ता आश्वास दिई रकम ठगी गर्ने बैठाजस्ता पात्रहरुलाई आगामी दिनमा पार्टीको कुनै पनि जिम्मेवारीमा नराख्न पनि पत्रमार्फत माग गरिएको छ । रकम ठगी गरेकै आरोपमा केही समय अगाडि बैठा करिब ४ महिना जेल बसेका थिए ।

यस्ता नेताहरुका कारण समग्र पार्टी नै बदनाम हुने हुँदा योग्य यो कदम चालिएको अध्यक्ष महतोले बताए । 

यता बैठाले भने प्रदेश कमिटि सदस्यलाई कारवाही गर्ने अधिकार जिल्ला अध्यक्षसँग नभएको भन्दै यो सबै आफुलाई बदनाम गर्ने षड्यन्त्र भएको बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...