Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

जिराभवानीमा चट्याङ लागेर किसानको मृत्यु

spot_img
spot_img

जिराभवानी । पर्साको जिरभवानी गाउँपालिकामा शनिबार बिहान चट्याङ लागेर एक किसानको मृत्यु भएको छ ।

जिराभवानी गाउँपालिका वडा नम्बर ३ का ६५ वर्षीय राजेशवर साह तेलीको चट्याङ लागेर मृत्यु भएको हो । वडा नम्बर २ मा रहेको आफ्नो खेतमा बिहान काम गर्न गएका बेला अचानक चट्याङ लागेर घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए ।

मृतक तेलीको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...