Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

होटल व्यवसाय संचालन गर्न पाउँनु पर्ने हाेटल व्यवसायीकाे माँग

spot_img
spot_img

वीरगंज । पहिलो र दोश्रो लहरको कोरोना महामारीका कारण निरन्तर बन्द रहेका होटल व्यवसाय सुरक्षा मापदण्ड बनाई संचालन पाउँनु पर्ने माँग राख्दै वीरगन्जका होटल तथा पर्यटन व्यवसायी संघले स्थानिय प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ ।

बन्दाबन्दीको कारण सबभन्दा बढी प्रभावित होटल व्यवसायी नै छन । कोरोना संक्रमणको अवस्था अहिले शुन्य अवस्थामा छ । सरकारी तथा गैर सरकारी संस्थाहरु सुरक्षा मापदण्ड अपनाई सन्चालनमा आईसकेको छ । तर अहिले सम्म होटल व्यवसाय बन्द हुदाँ सबभन्दा बढी मार परेको हुनाले होटल संचालनको माँग व्यवसायीले गरेका हुन ।

संघका अध्यक्ष हरी पन्त, महासचिव माधव बस्नेत लगायतले वीरगन्जका होटल एवम् पार्टी प्यालेसहरु संचालन गर्न पाउँनुपर्ने माँग राख्दै प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउँदै अन्य सबै क्षेत्र खुली सकेको अवस्थामा होटेल एवम् पार्टी प्यालेसहरु बन्द राख्नुले होटल व्यवसायीहरुमाथि अन्याय भएको संघका अध्यक्ष पन्तले वताए ।

पहिलो चरणको कोरोना भाइरस संक्रमणका कारण बन्द भएका होटेलहरु चलायमान हुन नसकिरहेको अवस्थामा बिना बिकल्पको बन्द मात्रै गर्नुले राज्यलाई र व्यवसायीलाई नोक्सानी मात्रै हुने अध्यक्ष पन्तले भनाई छ ।

असार ३ गतेदेखि बाहय उडान एवम् निजी सवारी सञ्चालन गर्न अनुमती दिएर होटलहरु मात्रै बन्द गर्नुको कुनै औचित्य नभएको उनले बताए । स्वास्थ्य मापदण्डको पालना गर्दै होटल एवम् पार्टी प्यालेसहरु सञ्चालन गर्ने वातावरण बनाईदिन संघले प्रजिअ घिमिरेसमक्ष माँग गरेको छ ।

ज्ञापन पत्र बुझ्दै प्रजिअ घिमिरेले संघको मागप्रति सकारात्मक भएको बताउँदै मागको सम्बोधन हुने आश्वासन दिए ।

संघका अध्यक्ष पन्त सहित वरिष्ठ उपाध्यक्ष सचिन्द्र थापा, महासचिब माधव बस्नेत, सदस्य शेखर चौधरी, दिलिपराज कार्की, पर्यटन पत्रकार संघ पर्साका अध्यक्ष शंकर आचार्य, सञ्चारकर्मी लगायतको उपस्थितीमा ज्ञापन पत्र बुझाइएको थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल विवाद चर्कियो : चिकित्सकको आन्दोलनले स्वास्थ्य सेवा प्रभावित

वीरगंज । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि भएको तोडफोड र चिकित्सकमाथिको आक्रमणको घटनाले नयाँ मोड लिएको छ । एकातर्फ...

गौतम माध्यमिक विद्यालयमा विद्यार्थी परिषद्ले पायो नयाँ नेतृत्व

वीरगंज । गौतम माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ का लागि गठन गरिएको विद्यार्थी परिषद् (स्टुडेन्ट काउन्सिल) लाई औपचारिक रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गर्दै...

प्रहरी निरीक्षक जटाशंकर यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

वीरगंज । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले २०८३ साल असार महिनाका लागि प्रहरी निरीक्षक जटाशंकर यादवलाई ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरेको...