Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

सखुवा प्रसाैनीकाे बजेट ५४ करोड १६ लाख

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाको सातौ गाउँ सभा बिहिबार सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष प्रदिप जयसवालकाे अध्यक्षतामा भएकाे गाउँ सभाले आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम पारित गरेकाे छ ।

गाउँपालिकाको सभा हलमा भएकाे गाउँ सभाले ५४ करोड १६ लाख ७३ हजार ४ सय ९ बराबरको अनुमानित बजेट गाउँपालिकाकी उपाध्यक्ष फुलमती देबीले प्रस्तुत गरेकी थिइन ।

गाउँ सभाकाे उद्घाटन गाउँपालिका अध्यक्ष जयसवालले गरेका थिए । गाउँ सभा उद्घाटन गर्दै अध्यक्ष जयसवालले जनताहरुसंग गरेको बचा हामी जितेर आएकाे जनप्रतिनिधिहरुले सकेको जति पुरा गरेकाे वताए । उनले भने “स्थानिय तह निर्वाचनकाे चार वर्ष बितिसक्यो‍, अब काम गर्नकाे लागि ६ महिना मात्र बाकी रहेकाे छ । याे समयमा बाकी रहेकाे काम गरेर देखाउन्छाैं ।

याे समयमा काम गर्न जनप्रतिनिधि र कर्मचारीहरुको समन्वय जरुरी रहेकाे उनले वताए ।

गाउँ सभाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक बिकास, महिला बालबालिका, बिपन ब्यस्थापन, कोरोना महामारी नियन्त्रण लगायतमा बजेट बिनियोजन गरिएको गाउँपालिका प्रमुख प्रसासशकिय अधिकृत संन्देश यादवले जानकारी दिए ।

गाउँ सभामा वाडध्यक्ष, कार्यपालिका सदस्य, सभा सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियोे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...