Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

सखुवा प्रसाैनीकाे बजेट ५४ करोड १६ लाख

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाको सातौ गाउँ सभा बिहिबार सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष प्रदिप जयसवालकाे अध्यक्षतामा भएकाे गाउँ सभाले आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम पारित गरेकाे छ ।

गाउँपालिकाको सभा हलमा भएकाे गाउँ सभाले ५४ करोड १६ लाख ७३ हजार ४ सय ९ बराबरको अनुमानित बजेट गाउँपालिकाकी उपाध्यक्ष फुलमती देबीले प्रस्तुत गरेकी थिइन ।

गाउँ सभाकाे उद्घाटन गाउँपालिका अध्यक्ष जयसवालले गरेका थिए । गाउँ सभा उद्घाटन गर्दै अध्यक्ष जयसवालले जनताहरुसंग गरेको बचा हामी जितेर आएकाे जनप्रतिनिधिहरुले सकेको जति पुरा गरेकाे वताए । उनले भने “स्थानिय तह निर्वाचनकाे चार वर्ष बितिसक्यो‍, अब काम गर्नकाे लागि ६ महिना मात्र बाकी रहेकाे छ । याे समयमा बाकी रहेकाे काम गरेर देखाउन्छाैं ।

याे समयमा काम गर्न जनप्रतिनिधि र कर्मचारीहरुको समन्वय जरुरी रहेकाे उनले वताए ।

गाउँ सभाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक बिकास, महिला बालबालिका, बिपन ब्यस्थापन, कोरोना महामारी नियन्त्रण लगायतमा बजेट बिनियोजन गरिएको गाउँपालिका प्रमुख प्रसासशकिय अधिकृत संन्देश यादवले जानकारी दिए ।

गाउँ सभामा वाडध्यक्ष, कार्यपालिका सदस्य, सभा सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियोे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अत्यधिक वर्षाको जोखिम बढ्दै : पर्सा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

वीरगंज । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अत्यधिक भारी वर्षा भई नदी–नालामा पानीको बहाव बढ्ने तथा होचा भू–भाग डुबानमा पर्ने उच्च जोखिम देखिएपछि...

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...