Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पोखरिया नपाकाे नीति तथा कार्यक्रम सार्वजनिक, बजेट ४६ कराेड ३० लाख

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ ।नगरपालिकाकाे सभा हलमा बिहिबार भएकाे पांचाै नगर सभा ज्येष्ठ नगर सभा सदस्य सदस्य रब्या खातुनले उद्घाटन गरेकी थिइन ।

नगर प्रमुख दिपनारायण राैनियारकाे अध्यक्षतामा भएकाे नगर सभामा नगर उप प्रमुख सलमा खातुनले ४६ करोड ३० लाख ८२ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरिन ।

नगर सभालाई सम्बाेधन गर्दै मेयर दिपनारायण रौनियारले जनतासँग गरिएकाे वाचा अहिले पनि अधुरै रहेको बताए । उनले राजनीतिक खिचातानीका कारण पोखरिया नगरपालिकाको बिकासमा समस्या भए पनि संघर्ष गर्दै नगरपालिकाका जनप्रतिनिधिहरु एकजुट भएर अगाडि बढने वताए ।

नगर सभाबाट पारित नगरपालिकाको ४६ करोड ३० लाख ८२ हजारको बराबरकाे नीति तथा कार्यक्रममा प्रस्तुत गरिएकोमा आन्तरिक स्रोत ५ करोड, समानिकरण अनुदानतर्फ ११ करोड ७५ लाख, सशर्त १९ करोड ८९ लाख, राजस्व बाडफाड ७ करोड १५ लाख, प्रदेश सरकारबाट वित्तिय समानिकरण ८० लाख ४४ हजार, विशेष अनुदान ३० लाख, समपुरक २० लाख, राजस्व बाडफाड ४० लाख ५२ लाख रहेको छ ।

नगर सभाले स्वास्थ्य, शिक्षा, कृषि, पशु, पर्यटन, भौतिक पुर्वधार विकासमा, महिला, बालबालिका उत्थान, ग्यास चुलो, ग्यास सलेन्डर बितरण लगायतमाकालाई प्राथमिकता राखेर बजेट, निति तथा कार्यक्रम तय गरेकाे नगर प्रमुख रौनियारले जानकारी दिए ।

नगर सभामा नगर उपप्रमुख खातुनले नगरपालिकाको विकासमा सबै जनप्रतिनिधिहरु मिलेर अगाडि बढन आग्रह गरिन् ।

नगर सभामा प्रमुख प्रशासकिय अधिकृत अशाेक काेइराला, वडाध्यक्ष बंका राउत कुर्मी, सुरेन्द्र यादव, अजय कुमार गुप्ता, लक्षमण साह कानु, उमाकान्त साह, शियानन्द चौहान, नन्दलाल पटेल, किशोरी साह, रामबाबु चौहान, सोनालाल साह गोढ लगायत कर्मचारीहरुकाे सहभागिता रहेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...