Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

पोखरिया नपाकाे नीति तथा कार्यक्रम सार्वजनिक, बजेट ४६ कराेड ३० लाख

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ ।नगरपालिकाकाे सभा हलमा बिहिबार भएकाे पांचाै नगर सभा ज्येष्ठ नगर सभा सदस्य सदस्य रब्या खातुनले उद्घाटन गरेकी थिइन ।

नगर प्रमुख दिपनारायण राैनियारकाे अध्यक्षतामा भएकाे नगर सभामा नगर उप प्रमुख सलमा खातुनले ४६ करोड ३० लाख ८२ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरिन ।

नगर सभालाई सम्बाेधन गर्दै मेयर दिपनारायण रौनियारले जनतासँग गरिएकाे वाचा अहिले पनि अधुरै रहेको बताए । उनले राजनीतिक खिचातानीका कारण पोखरिया नगरपालिकाको बिकासमा समस्या भए पनि संघर्ष गर्दै नगरपालिकाका जनप्रतिनिधिहरु एकजुट भएर अगाडि बढने वताए ।

नगर सभाबाट पारित नगरपालिकाको ४६ करोड ३० लाख ८२ हजारको बराबरकाे नीति तथा कार्यक्रममा प्रस्तुत गरिएकोमा आन्तरिक स्रोत ५ करोड, समानिकरण अनुदानतर्फ ११ करोड ७५ लाख, सशर्त १९ करोड ८९ लाख, राजस्व बाडफाड ७ करोड १५ लाख, प्रदेश सरकारबाट वित्तिय समानिकरण ८० लाख ४४ हजार, विशेष अनुदान ३० लाख, समपुरक २० लाख, राजस्व बाडफाड ४० लाख ५२ लाख रहेको छ ।

नगर सभाले स्वास्थ्य, शिक्षा, कृषि, पशु, पर्यटन, भौतिक पुर्वधार विकासमा, महिला, बालबालिका उत्थान, ग्यास चुलो, ग्यास सलेन्डर बितरण लगायतमाकालाई प्राथमिकता राखेर बजेट, निति तथा कार्यक्रम तय गरेकाे नगर प्रमुख रौनियारले जानकारी दिए ।

नगर सभामा नगर उपप्रमुख खातुनले नगरपालिकाको विकासमा सबै जनप्रतिनिधिहरु मिलेर अगाडि बढन आग्रह गरिन् ।

नगर सभामा प्रमुख प्रशासकिय अधिकृत अशाेक काेइराला, वडाध्यक्ष बंका राउत कुर्मी, सुरेन्द्र यादव, अजय कुमार गुप्ता, लक्षमण साह कानु, उमाकान्त साह, शियानन्द चौहान, नन्दलाल पटेल, किशोरी साह, रामबाबु चौहान, सोनालाल साह गोढ लगायत कर्मचारीहरुकाे सहभागिता रहेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...