Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

कोईला र क्लीन्कर अव्यवस्थित ढुवानीले गर्दा वीरगंज बाईपासको जनता मारमा

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले कोईला र क्लीन्कर अव्यस्थित तथा क्षमताभन्दा बढी लोड (ओभरलोड) गरी वीरगंज भित्रियाउँने टिपर र ट्रकलाई धमाधम नियन्त्रणमा लिई कारवाही थालेको छ ।

अव्यवस्थित तथा ओभरलोडकका कारण बाटोभरी कोईला र क्लीन्कर छरिर्दै जाँदा सडकमा हिड्ने अन्य यात्रुहरुलाई समस्या हुन थालेपछि वडा प्रहरी कार्यालय विर्ताले कारवाहीको प्रकृया अगाडी बढाएको हो ।

प्रहरीले वीरगंजकाे बाईपास रोडस्थित रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा बिहिबार क्षमताभन्दा बढी लोड तथा सुरक्षा नअपनाएका तीनदर्जन भन्दा बढी कोईला तथा क्लीन्कर लोड गरेको सवारी साधन नियन्त्रणमा लिई कारवाही प्रकृया अगाडी बढाएको प्रहरी निरिक्षक राजेश पुरीले बताए ।

मितेरीपुल नजिकै सिमाको दशगज्जा क्षेत्रमा भण्डारण गरी गराखिएको कोईला र क्लीन्कर ओभरलोड गरेपनि त्रिपालले व्यवस्थित रुपमा नछोपेका कारण बाटोभरी खसाल्दै जाँदा सडकमा हिड्ने अन्य यात्रुहरुलाई दुर्घटना हुने जोखिम बढ्न थालेपछि प्रहरीले कारवाहीको प्रकृया अगाडी बढाएको उनले बताए ।

टिपर र ट्रक चालकहरुले ओभरलोड बापत बढी भाडा असुल्ने भएकोले आफनो मुनाफाको लागि अरुको ज्यान जोखिममा राखेको भन्दै स्थानियले निरन्तर रुपमा यसको विरोध गर्दै आएका छन ।

एक त ओभर लोड गर्ने त्यसमा पनि राम्ररी त्रिपालले नढाकेपछि बाईपासको एकतर्फको बाटोनै विग्रने र फोहोर हुने अवस्थामा पनि पुगेको स्थानियले बताएका छन ।

सवारीधनीलाई बारम्बार चेतावनी दिदै आएका छौ, ईनर्वाका लालदेव यादवले भने, स्थानिय प्रशासनले यीनिहरुलाई नियन्त्रण लिन कडा रुपमा प्रस्तुत नभए हामी बाध्य भई सडकमा उत्रिने छौ ।

पक्राउ गरिएको टिपर र ट्रक चालकलाई कानुन बमोजिम कारवाही गरिने प्रहरी निरिक्षक पुरीले बताए । उनले भने, पहिला गाडीको कागजपत्र दुरुस्त रहेको नरहेको हेर्ने, ओभर लोड गरिएको समान झाने, त्यसपछि कानुन बमोजिम जरिवाना सहित कारवाही गरिने प्रहरी निरिक्षक पुरीले बताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...