Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

भत्किएको सडक नगर प्रमुख सरावगीको निर्देशनमा तत्काल मर्मत

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १५ नेशनल मेडिकल कलेज जाने बाटो भत्किएको सडक वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको निर्देशनमा तत्काल मर्मत गरिएको छ ।

केहिदिन अगाडि लगातारको बर्षाको कारणले सडक भाँसिएर खाल्डो बनेको स्थानमा महानगरपालिकाका नगर प्रमुख सरावगीले तत्काल मर्मत गर्नका लािग पूर्वाधातर महाशाखालाई निर्देशन दिएपछि महाशाखाबाट खटिएका कर्मचारीहरुको सक्रियतामा सडक मर्मत भएको हो ।

सडक मर्मत गरेर पूरानै अवस्थामा ल्याएपछि उक्त सडक भएर आवत जावत गर्ने स्थानीयलाई सहज भएको छ । महानगरपालिकाले सडक मर्मत सम्भारमा अत्यन्तै गम्भीरताका साथ ध्यान दिने गरेको छ ।

यसअघि वीरगंजकाे घण्टाघरदेखि पावरहाउससम्मको सडकको पीच भत्किएर खाल्डाखुल्डी बनेपछि आवतजावतमा समस्या भएपछि तत्काल महानगरपालिकाले बोलवत्र आह्वान गरेर छोटाे समयमा नै सडक निर्माण सम्पन्न गरेको थियो ।

उक्त सडक मर्मत सम्भार गरेपछि महानगर प्रमुख सरावगीको महानगरवासीले निकै प्रशंसा गरेका थिए । तोकिएको समयमा नै सडक मर्मत गरेर नगरवासीलाई राहत दिएको भन्दै महानगरवासीले नगर प्रमुखलाई धन्यवाद दिएका थिए ।

महानगर क्षेत्रमा अझैपनि सडक मर्मत सम्भार गर्नुपर्ने र कतिपय स्थानमा निर्माण नै गर्नुपर्ने रहेकोले ती स्थानहरुमा पनि यथाशक्य मर्मत सम्भार गरिने र निर्माण गर्नुपर्ने सडकका लागि बजेटको समे व्यावस्था गरिने नगर प्रमुख सरावगीले बताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...