Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

सिकटा नदीको झुलुङ्गे पुल ठेकेदारका कारण ध्वस्त हुने खतरा

spot_img
spot_img

वीरगंज । पर्साको सिकटा नदीमा निर्माण गरिएको झुलुङ्गे पुलको एकतर्फको साईड भाँसिदा समेत सम्बन्धीत निकायको ध्यान पुग्न सकेकाे छैन । जिल्लाको कालिकामाई गाउँपालिकाकाे वडा नं. १ रबिदास र छिपहरमाई गाउँपालिका वडा नं. ४ बन्जारीकाे बिचमा रहेकाे सिकटा नदीकाे पुलकाे एकतर्फ भाग भाँसिएकाे छ भने पुल नजिक नै माटाे निकाल्न थालिएकाे हाे ।

छिपहरमाई गाउँपालिका स्थित बन्जारीका बेलास यादवले स्काभेटर लगाएर पुलमुनीबाट माटो निकाल्न थालेपछि पुल नै भत्कने जोखिम बढेको छ । माटो खन्दा एकतर्फको साईड पहिला नै भाँसिसकेको छ । जोखिम मोलेर स्थानिय आवतजावत गर्न बाध्य छन । तर सम्बन्धी निकायको अहिले सम्म ध्यान नपुगेको स्थानिय महमद असरफले बताए ।

विकास निर्माणको नाममा सार्वजनिक जग्गाको माटो खनेर बाटो पुर्ने काम भईरहेको छ । ठेकेदारले सडकमा माटो पुर्न उपभोक्ता मार्फत ठेक्का लिएपनि बढी मुनाफा कमाउँन नदी छेउमा रहेको सार्वजनिक जग्गाबाट स्काभेटर लगाएर माटो निकाल्ने काम गरीरहेका छन ।

नदी छेउको माटो निकालिसकेपछि आएको बाढीको पानीले पुलको पायामुनिको माटो बगाई सकेको छ । बाढीले माटो बगाएका कारण एकतर्फको साईड पनि भाँसि सकेको छ । भाँसिको साईड मर्मत गर्नुको साटो ठेकेदारले झन माटो निकाल्ने काम गरीरहेका छन, स्थानिय सन्जय राउतले भने, माटो निकालेका कारण पुल नै ध्वस्त हुने जोमिख बढेको छ ।

नदी छेउबाट दैनिक २० देखि ३० ट्याक्टर माटो निकाल्ने काम भईरहेको छ । स्काभेटर चालक अरबाज आलमले पनि पुल नजिकैको माटो निकालेपछि पुलमा असर गर्ने बताए । उनले भने, म आफनो मनले यहाँ खन्न आएको होईन, हाम्रो स्काभेटर भाडामा चल्ले हो, ठेक्दार यादवले जुन ठाउँबाट खन्ने भनेका छन त्यो ठाउँबाट खनीरहेका छौ, बाँकी कुरा उहासंग गर्नुस् ।

बन्जारी गाउँदेखि झुलुङ्गे पुलसम्मको सडकको अवस्था दैनिय छ । ठाउँ ठाउँमा सडक भत्केर पानी जमेको छ । पुल मुनीबाट ट्याक्टरमा माटो ओसार्ने काम गरेपनि भत्केको सडकमा माटो हालिएको छैन । जनतालाई आवत जावत गर्न समस्या भएपनि ठेकेदारले एक ट्याक्टर माटो समेत पानी जमेको सडकमा नखसाएको स्थानिय ओम प्रकाश साहले गुनासो गरे ।

छिपहरमाई गाउँपालिकाका प्रमुख मनोज गुप्ताले झुलुङ्गे पुल मुनिबाट माटो खनेको बारे आफूलाई जानकारी नभएको बताए । उनले भने, प्रदेश सरकारको योजनामा बन्जारीमा बाटो ढलानको काम भईरहेको छ, कच्चीसकडमा माटो पुर्न त्यहाँबाट माटो खनेर ल्याएका हुनसक्छ । सार्वजनिक जग्गाको माटो काट्न आफूसंग आधिकारी ईजाजत नलिएको उनले बताए ।

पन्चायकालमा वडा समितिको पहलमा झुलुङ्गे पुल निर्माण गरिएको छ । पुलको एक साईड भाँसिएको बारे आफूसमक्ष जानकारी आईसकेको छ, निर्माणको लागि आवश्यक बजेट समेत छुट्याई सकेको हुनाले मर्मत सम्भार गर्ने र माटो खन्ने र ईजाजत दिने व्यक्तिलाई पहिचान गरी कारवाही गर्ने उनले बताए ।

नेपाल भारत सिमाना पर्सा जिल्लाको दोश्रो नाका छिपहरमाई गाउँपालिकाको वडा नं. ५ मा पर्ने भिस्वा बजार पर्छ । कालिकामाई गाउँपालिका, धाेबिनी गाउँपालिका, पोखरीया नगरपालिका लगायत एक दर्ज गाउँका स्थानियले घरासयी समान खरीद गर्न सिमाबजार भिस्वा सिकटा पुग्ने गरेका छन । 

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...

सरकारी निर्देशनविपरीत नारायणी अस्पतालमा दैनिक ज्यालादारीमा कर्मचारी भर्ना

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कर्मचारी नियुक्ति रोक्न सम्बन्धी निर्देशनविपरीत नारायणी अस्पतालले दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरेको पाइएको छ । अस्पतालले २०८३...

विश्व वातावरण दिवसमा गौतम माविद्वारा विद्यार्थीलाई निःशुल्क विरुवा वितरण

वीरगंज । विश्व वातावरण दिवसको अवसरमा गौतम माद्यमिक विद्यालयले विद्यार्थीहरूलाई विभिन्न प्रजातिका विरुवा वितरण गर्दै वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरेको छ । हरियाली संरक्षण...