Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026

निषेधाज्ञामा पशुपंक्षीको सारथी बन्दै युवाहरु

spot_img
spot_img

काठमाडौ।

कोभिड १९ महामारीको दोश्रो लहरको करण वैशाख १६ गतेदेखि नै देश निषेधाज्ञामा छ। सर्वसाधारणहरू कोरोना भाइरस संक्रमण डरले अधिकांश समय घरभित्रै बसिरहेका छन्। उनीहरूलाई संक्रमण र भोकमरीबाट जोगिने भन्नेमात्र चिन्ता छ।सरकारले खाद्यान्न पसल समेत बन्द गर्ने निर्णय गर्दैगर्दाको समय छ ।

 

पसल, होटेल, रेस्टुरेन्ट लगायत सबै कुरा बन्द छ । अरु त अरु फोहर संकलन केन्द्रमा अरुबेलाझै थुप्रीने फोहर समेत छैन । सवारीसाधनलाई बिशेष पास बिना हिड्न नमिल्ने अवस्था छ ।मानिसभन्दा बिजोग यतिबेला सडकमा रहेका पशुपक्षीको भइरहेको छ। मानिसप्रति आशा र भरोसामा बाँचिरहेका यी प्राणीहरूले मानिस नै घरभित्र थुनिएपछि निकै सकस भोगिरहेका छन्‌।

तर, यस्ता व्यक्ति पनि छन्‌- जो संक्रमण जोखिममा पनि आफू र आफ्नो परिवारभन्दा बढी प्रेम पशुपक्षीलाई गरिरहेछन्‌। घाम-पानी नभनी खाना खुवाइ रहन्छन्। उनी हुन्‌-अवीन कार्की र ‘हाम्रो सानो प्रयास’ संस्थाका अन्य सदस्यहरु । अवीन सडकमा रहेका कुकुर, बाँदर र परेवाहरूलाई खाना र चारो खुवाएर उनीहरूको जीवन बचाइरहेको छन् यतिखेर।

अवीन कार्की भन्छन “निषेधाज्ञाले होटलहरू बन्द छन्‌, कुकुर भोकै हुन्छन्‌, भोकै टुलुटुलु बसेको हेर्न सकिनँ, त्यसैले खाना खुवाएको हुँ ।”निषेधाज्ञा फ्याँकिएको जुठो खाने गरेका पशुपक्षीहरू होटल नै बन्द भएपछि भोकै परेकाले आफूले खाना खुवाएको उनले बताए।
अवीन पहिले आफ्नै पकेट खर्चबाट पशुपक्षीलाई खाना खुवाउने गर्थे। अहिले अविनको काम देखेर धेरै प्रभावित भएपछि अरू पनि सहयोगी थपिँदै गएको उनी बताउँछन्।अब केहीले आर्थिक सहयोग समेत गरेका छन्। दिनमा चारो र खाना खुवाउँदा १७ सय रुपैयाँसम्म खर्च लाग्ने गरेको उनी बताउँछन्। त्यसमा गोसिप क्विन संस्था पनि थपिएको छ।

कार्की र हाम्रो सानो प्रयास संस्थाका अन्य सदस्यहरु पनि यस्तो अवस्थामा पिपिई र स्वयंसेवाका ज्याकेट लगाएर काठमाडौको पेप्सीकोला ,पशुपति र स्वयम्भूका क्षेत्रमा भेटिन्छन। उनिहरु जब बाटो छेउ रोकिन्छन तब आसपासका सबै सडक कुकुरहरु यो युवा जमातहरुलाई घेर्न आईपुगिहाल्छन । जब यी मनकारी युवाहरुले खानाले भरीएका बाल्टिहरु बाइक र स्कुटरबाट झिकेर हात हातमा लिन्छन तब ति सबै कुकुरहरु पछि-पछि लाग्छन । डराउने कुकुरहरु चाहिँ अलि परै बस्ने रहेछन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...