Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

नदी सफाईमा ४० लाख खर्चेकाे कालिकामाईकाे सडककाे अवस्था बेहाल

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे विभिन्न ठाउँमा सडक मर्मत अभावमा खराब भएर हिलाे मै भएकाे छ ।

गाउँपालिकाकाे वडा नं. ५ मा पर्ने बलुवा गाउँकाे सडक मर्मत अभावमा जिर्ण भएकाे कारण हिलाे भएकाे स्थानियहरुले वताएका छन् । बलुवास्थित शम्भु पासवानकाे घरदेखी महिन्द्र पासवानकाे घर सम्म र अर्काे बाटाे शम्भु पासवानकाे घरदेखी साहेब पासवानकाे घर सम्म बाटाे बिग्रेर हिलाे मै भएकाे हाे ।

बाटाे हिलाे मै भएका कारण आवतजावत गर्न समेत समस्या भएकाे स्थानिय आनन्द कुमारले वताए । ३ महिनादेखी बिग्रेकाे सडक मर्मतकाे लागि वडाध्यक्ष पवन तिवारीसंग बारम्बार भन्दा पनि बाटाे मर्मत हुन नसकेकाे उनले गुनासाे गरे ।

वडा नं. ५ मा पर्ने बलुवा टाेलमा बढी दलित समुदायकाे बसाेबार भएका कारण जनप्रतिनिधिहरुकाे ध्यान पुग्न नसकेकाे स्थानियहरुकाे गुनासाे छ ।

यस्तै, कालिकामाई गाउँपालिकाकाे वडा नं. २  काे विभिन्न ठाउँमा बाटाे हिलाे मै भएकाे स्थानियहरुले वताएका छन् । स्थानियहरुका अनुसार भेडिहारीकाे उत्तर टाेल, दक्षिण टाेल र सानाे गदियानीमा बाटाे खराब भएकाे छ । 

आर्थिक मसान्तकाे अन्तिममा मनसुन सक्रिए भएपछि नालाकाे निर्माणकाे काम भएपछि पानीकाे निकास नभएर बाटाे हिलाे मै भएकाे हाे । सानाे गदियानीमा थाेरै पानी परे पनि बाटाेमा हिलाे हुने गरेकाे छ ।

खाेला सफाईमा ४० लाख खर्च

गाउँपालिकाले जिर्ण भएकाे बाटाे मर्मत गर्न नसके पनि खाेला सफाईमा ४० लाख खर्च गरेकाे छ ।

आर्थिक बर्ष २०७७/०७८ काे याेजना अन्तर्गत उपभाेक्ता समिति मार्फत भएकाे खाेला सफाईमा ४० लाख खर्च भएकाे गाउँपालिकाकाे याेजना शाखा प्रमुख सुनिल कुमार राैनियारले वताए ।

माेटाे रकम कमाउनकाे लागि विना कामकाे नदी सफाई गाउँपालिकाले गराएकाे स्थानियहरुले वताएका छन् । जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृतले बढी कमिशन आउने भएपछि नदी सफाई गराएकाे स्थानियहरुकाे आराेप छ ।    

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...