Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

मेयर राैनियारकाे पहलमा पाेखरियामा पर्ने नहरकाे सडक कालाेपत्र

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिका वडा नं. ५ मा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरबाट ४५० मिटर कालाेपत्रे सडक निर्माण भएकाे छ ।

भौतिक पूर्वधार मन्त्रालयकाे आ.व. २०७६/०७७ काे याेजना अन्तर्गत पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियारकाे पहलमा सडक कालाे पत्रे भएकाे हाे । 

पाेखरिया नगरपालिकाकाे वडा नं. ५ सतवरियामा पर्ने नहरकाे पुलदेखी हलुमान मन्दिर सम्मकाे कालाे पत्रे सडक निर्माण कार्य पुरा भएकाे मेयर राैनियारले वताए । 

भाैतिक पूर्वधार मन्त्रालयले सडक निर्माणकाे लागि ९५ लाख बजेट छुट्याए पनि द्विवेदी निर्माण सेवा कालिकामाईले भ्याट सहित ६६ लाखमा निर्माण कार्य पुरा गरेकाे सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका सब इन्जिनियर कृष्ण चाैधरीले वताए ।

उनका अनुसार सडक निर्माणकाे लागि सुरुमा ठेक्दार कम्पनीसंग २०७७ साल जेठ महिनामा सम्झाैता भएकाे थियाे । जस अनुसार सम्झाैता भएकाे मितिले ६ महिना भित्र २०७७ कार्तिक मसान्त सम्म निर्माण कार्य पुरा गर्नु पर्ने थियाे । तर साे समय भित्र निर्माण कार्य पुरा नभए पछि सडक डिभिजन कार्यालयबाट पुन: ६ महिना म्याद थप भएकाे अवधिमा ठेक्दारले निर्माण कार्य पुरा गरेका हुन् ।

उनले भने “सडक अन्तर्गत पर्ने एउटा कल्भटकाे पुल पनि निर्माण गर्नु पर्ने थियाे । साेे पुलकाे पनि निर्माण कार्य पुरा भएकाे छ ।” सडक निर्माणकाे लागि पहल र सहयाेग पाेखरिया नगरपालिकाका मेयर राैनियारले गरेकाे समेत उनले जानकारी गराए ।

पाेखरिया नगरपालिकाका मेयर राैनियारले लामाे समयकाे प्रयास अहिले आएर सार्थकता पाएकाे वताए ।

उनले सडक निर्माणकाे लागि बजेट छुट्याउने भाैतिक पूर्वधार मन्त्रालय, सडक निर्माण गराउने सडक डिभिजन कार्यालय, इन्जिनियर, सब इन्जिनियर र सडक निर्माण गर्ने ठेक्दार कम्पनीलाई धन्यावाद समेत व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...