Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

अबैध रुपमा भित्रीएको ८ वटा भारतिय माेटरसाइकल भन्सार बुझाइयाे

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले अवैध रुपमा भित्रीएका ८ वटा भारतिय माेटरसाइकल नियन्त्रणमा लिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले बिआर ०५ एजि २७१७, बिआर २२ जेड ११४७, बिआर ०० एपि २०२५, जेएच ०२ क्यु ३३०४, एउटा वन टेन्ट बुलेट र ३ वटा नम्बर नखुलेकाे माेटरसाइकल नियन्त्रणमा लिएकाे हाे ।   

बैशाख १६ गतेदेखि पर्सा जिल्लामा जारी भई थप भएको निषेधाज्ञा उल्लङ्घन गरी अनाधिकृतरूपमा पर्सा जिल्लाका विभिन्न स्थानमा चलाइएका तथा कागजपत्र नभएका ८ वटा भारतीय मोटरसाइकलहरूलाई यस कार्यालयबाट खटिएका विभिन्न चेकिङ तथा मोबाइल टोलीले वेवारिसे अवस्थामा नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

उक्त माेटरसाइकलहरुलाई रु.६ लाख ४५ हजार मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि साेमबार वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका नेता सुजित पाण्डेको निधन

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४, लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१४...

भोटेकोशी बाढीपीडितका लागि लायन्स इन्टरनेशनलद्वारा एक करोड सहयोग गर्ने निर्णय

वीरगंज । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले १ करोड...