Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

रक्तदाता दिवसको अवसरमा रक्तदान

spot_img
spot_img
वीरगंज । अनेरास्ववियु (क्रान्तिकारी) वीरगंज महानगर समितिको आयोजनामा सोमबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व रक्तदाता दिवसको अवसरमा भएको कार्यक्रममा एक महिलासहित ३२ जनाले रक्तदान गरेका थिए ।
 
वीरगंज घण्टाघरस्थित भएको कार्यक्रममा जुबेर आलम, विवेक साह, एहसान अंसारी, सगिर अंसारी, नेहा मण्डल, ईब्राहम मंसुरी, रामबाबु मण्डल, रबिन्द्र गुप्ता, साविर हुसेन, अजय श्रेष्ठ लगायतकाले रक्तदान गरेका थिए ।
 
अनेरास्ववियु (क्रान्तिकारी) वीरगंज महानगर समितिका अध्यक्ष विवेक साहको अध्यक्षता र नेकपा माओवादी केन्द्र पर्साका अध्यक्ष बिजय महतोको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य छोटेलाल यादव, रामदरश कुशवाहा, अनेरास्ववियु (क्रान्तिकारी) प्रदेश २ का सह–संयोजक प्रभाकर गुप्ता, केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज जुवेर आलम, जिल्ला अध्यक्ष कबिराज पटेल, उपाध्यक्ष संदिप विक्रम साह लगायतको उपस्थिति रहेको थियो ।
 
रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्र वीरगंजको प्राविधिक सहयोगमा भएको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...