Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

रक्तदाता दिवसको अवसरमा रक्तदान

spot_img
spot_img
वीरगंज । अनेरास्ववियु (क्रान्तिकारी) वीरगंज महानगर समितिको आयोजनामा सोमबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व रक्तदाता दिवसको अवसरमा भएको कार्यक्रममा एक महिलासहित ३२ जनाले रक्तदान गरेका थिए ।
 
वीरगंज घण्टाघरस्थित भएको कार्यक्रममा जुबेर आलम, विवेक साह, एहसान अंसारी, सगिर अंसारी, नेहा मण्डल, ईब्राहम मंसुरी, रामबाबु मण्डल, रबिन्द्र गुप्ता, साविर हुसेन, अजय श्रेष्ठ लगायतकाले रक्तदान गरेका थिए ।
 
अनेरास्ववियु (क्रान्तिकारी) वीरगंज महानगर समितिका अध्यक्ष विवेक साहको अध्यक्षता र नेकपा माओवादी केन्द्र पर्साका अध्यक्ष बिजय महतोको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य छोटेलाल यादव, रामदरश कुशवाहा, अनेरास्ववियु (क्रान्तिकारी) प्रदेश २ का सह–संयोजक प्रभाकर गुप्ता, केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज जुवेर आलम, जिल्ला अध्यक्ष कबिराज पटेल, उपाध्यक्ष संदिप विक्रम साह लगायतको उपस्थिति रहेको थियो ।
 
रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्र वीरगंजको प्राविधिक सहयोगमा भएको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...

वीरगंजको अलौमा मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएको ९.५ किलो चरेस बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाइएको अवस्थामा करिब ९.५ किलो चरेसजस्तो देखिने पदार्थ बरामद गरेको छ...