Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

एमाले पर्सा (नेपाल-खनाल) पक्षकाे बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । नेकपा एमाले पर्साका माधव नेपाल र झलनाथ खनाल पक्षकाे जन संगठनका प्रमुख तथा पदाधीकारीहरुको बैठक शनिबार वीरगंजमा सम्पन्न भएको छ।

बैठकमा वाेल्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पर्सा इन्चार्ज रामचन्द्र साहले आगामी दिनको रणनीति तय गरेर अगाडि बढ़नका लागी तयारी अवस्थामा रहन जनसंगठन प्रमुखहरुलाई निर्देशन दिए ।

बैठकमा सहभागि सबैले पार्टी एकता हालको स्थितिमा दोहरो चरित्र भएका केही नेताको कारण माधव नेपाल -झलनाथ खनालको पक्षका नेता तथा कार्यकर्ता अल्मल परेको धारणा राखेका थिए ।

कार्यक्रममा उठेका जिज्ञासा सम्बन्धमा वाेल्दै जिल्ला अध्यक्ष बालगोपाल थापा, नेता अरबिंद सिंह लगायतले अहिलेको लड़ाई पार्टी भित्रको मात्र नभएर राष्टियता, लोकतान्त्र र संबिधान रक्षाको लागि भएको प्रष्ट पारेका थिए ।

बैठकमा सहभागि अधिकांशले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न लागेको बताएकाे युवा संघका केन्द्रीय सचिवालय सदस्य अनिल पटेलले जानकारी दिए ।

निजामती कर्मचारी संगठन पर्साकाे भवनमा बसेकाे बैठकमा नेता मनोज चौधरी, बृजलाल पासवान, संतोष सिंह, युवा संघ नेपालका पर्सा इन्चार्ज अनिल पटेल, सह इन्चार्ज लालबाबू यादव, केन्द्रिय सदस्य सन्जु चौधरी, रमेश थारू, राजकुमार सर्राफ, जिल्ला अध्यक्ष भुपेन्द्र साह, नगर अध्यक्ष उमेश ठाकुर, बिधार्थी नेता आसिस पटेल, रन्जित श्रीवास्तव, सुनिल पासवान लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...