Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

१२ महिलासहित एक सय ३३ जनाद्वारा रक्तदान

spot_img
spot_img
वीरगंज । वीरगंजमा दुई ठाउँमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजकाे छुट्टाछुट्टै दुई ठाउँमा भएको कार्यक्रममा १२ महिलासहित १३३ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजले जनाएकाे छ ।
 
राष्ट्रिय युवा संघ नेपाल पर्साको आयोजनामा आवाज एफएम परिसरमा भएको कार्यक्रममा १ महिला सहित ८१ जनाले रक्तदान गरेका थिए । 
 
संघका पर्सा अध्यक्ष एवं सचिवालय सदस्य महम्द निजामुदिनको अध्यक्षतामा भएकाे कार्यक्रममा अनुष्का शर्मा, राकेश साह, आनन्द पटेल, देवकुमार सर्राफ, रामप्रकाश सर्राफ, राजकुमार साह, दिनेश मिश्रा, कुर्बान शेख, बिराज यादव, नरेश यादव लगायतकाले रक्तदान गरेका थिए । 
 
संबिधान सभा सदस्य एवं नेकपा एमालेका नेता राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जारा, नेकपा एमालेका युवा नेता तेजप्रकाश निषाद, सुन्दर कुर्मी, नेपाल पत्रकार महासंघ पर्साका काेषाध्यक्ष संजिव मिश्रा, युवा संघका केन्द्रिय सदस्य रबि गुप्ता, चन्दन गुप्ता, महमद मेराज, बाबुराम खनाल, नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य अकलेश साह, युवा नेता संतोष पासवान, अनिल हजरा लगायतको उपस्थिती रहेको थियो । 
 
यस्तै, वीरगंज युवा समाजको आयोजनामा रक्त सन्चार केन्द्र छपकैयामा भएको आकस्मिक रक्तदान कार्यक्रममा ११ महिलासहित ५२ जनाले रक्तदान गरेका थिए ।
 
कार्यक्रममा डा. निरज सिंह, डा. सुनिल यादव, हेमन्त तामाङ, सन्जिव थापा, अर्जुन गुप्ता, सुरजमान श्रेष्ठ, दिवश सिंह ठकुरी, सरोज गुरुङ, करण सिंह, प्रिती सिंह राजपुत, अमरनाथ साह, रुबि साह, कोमल साह, प्रिया साह, अशोक चौधरी कलवार, ममता जैसवाल, बिचित सोनी लगायतकाले रक्तदान गरेका थिए ।
 
समाजका अध्यक्ष कमल चौगाईको अध्यक्षता र वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगिकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर अधिकारी, डा. दिप्ती यादव, डा. प्रिति यादव, सामाजिक अभियन्ता ओमप्रकाश सरार्फ लगायतकाे उपस्थिती रहेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका नेता सुजित पाण्डेको निधन

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४, लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१४...

भोटेकोशी बाढीपीडितका लागि लायन्स इन्टरनेशनलद्वारा एक करोड सहयोग गर्ने निर्णय

वीरगंज । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले १ करोड...