Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

विश्व बालश्रम बिरुद्धकाे दिवसमा बालबालिकाहरुलाई स्टेशनरी

spot_img
spot_img
वीरगंज । नेकपा माओबादी (केन्द्र) निकट अनेरास्ववियू क्रान्तिकारी वीरगंज महानगर समितिले विश्व बालश्रम बिरुद्धकाे दिवसको अवसरमा शनिबार  मायाकाे छात्राबासमा बालबालिकाहरुलाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरेकाे छ ।
 
अनेरास्ववियू क्रान्तिकारी वीरगंज महानगर अध्यक्ष बिबेक कुमार साहको नेतुत्वमा गएको विद्यार्थीहरु नेताहरुले आमाको माया छात्राबासमा पुगि त्यहा रहेका बिद्यार्थीहरुलाई आवश्यक स्टेशनरी तथा खेलकुद सामाग्री बितरण गरेकाे अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य एवम् पर्सा इन्चार्ज अध्यक्ष जुबेर आलमले जानकारी दिए ।
 
साे अवसरमा अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष कबिराज पटेल, वीरगंज महानगरका सह संयोजक सोएब आला, विद्यार्थी नेता दिलसाद एहमद, रबिन्द्र गुप्ता लगायतको उपस्थिती रहेको थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...