Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026

स्पर्श मल्टिस्पेशालिटी अस्पतालमा जेनरल सेवा सुरु

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ बहुअरीमा रहेको स्पर्श मल्टिस्पेशालिटी अस्पतालले जेनरल सेवा सुरु गरेकाे छ ।

दाेस्राे चरणकाे काेराेना महामारीकाे समयमा बैशाख २६ गतेदेखी संचालनमा आएकाे अस्पतालले वीरगंज महानगरपालिकाकाे आग्रहमा काेराेना संक्रमितकाे उपचार गर्दै आएकाे थियाे । अहिले काेराेना संक्रमित बिरामीकाे संख्या न्युन भएकाेले जेनरल सेवा सुरु गर्न लागिएकाे अस्पतालका अध्यक्ष डा. महेश्वर कुर्मीले वताए ।

अस्पतालले शुक्रबार आयाेजना गरेकाे पत्रकार सम्मेलनमा कोरोना महामारीमा ६६ जना संक्रमितलाइ भर्ना गरेर उपचार गरिएकाे उनले जनाए । जस मध्ये ४८ जना कोरोना संक्रमितको उपचार गर्न सफल भएकाे अध्यक्ष डा. कुर्मीले बताए । 

६६ जना कोरोना संक्रमित भर्ना भएकोमा १४ जनालाई बचाउन नसकिएको पनि अस्पतालले जनाएकाे छ । अहिले पनि ४ जना संक्रमित अस्पतालमा उपचाररत रहेको तर उनीहरुको पिसिआर रिपोर्ट नेगेटभि आईसकेको डा. कुर्मीले वताए । ४८ जना भने पूर्ण रुपमा निको भएर डिस्चार्ज भइसकेको उनले जानकारी गराए ।

अस्पताल भर्खरै संचालनमा आएको हुनाले व्यवस्थापनमा केही कमी-कमजोरी भएको हुन सक्ने स्वीकार्दै अबको दिनमा व्यवस्थित तरिकाले अस्पतालको व्यवस्थापन गर्दै लैजाने डा. कुर्मीले प्रतिबद्धता समेत जनाए । उनले नेपाल सरकारको मापदण्डभित्र रहेर २५ बेडको अस्पताल संचालन गरिएको र आगामी दिनमा पुनः नेपाल सरकारसँग समन्वय गरी बेड थप्दै सेवालाई झनै प्रभावकारी बनाउँदै लैजाने पनि बताए ।

हाल अस्पतालमा ८ जना विशेषज्ञ चिक्सिकहरुको टिमले उपचार गरिरहेको उनकाे भनाइ छ । अस्पतालले मेडिशिन, गाइनो, पिडिआ, अर्थो, ग्यास्ट्रो, पल्मो, सर्जरी र न्यूरो सर्जरीको सुविधा दिँदै आएको छ ।

कोरोना महामारीकै बीच अस्पतालले बढि शुल्क लिने भन्ने विभिन्न आरोप प्रत्यारोप लागेको विषयलाई प्रष्टयाउँदै डा. कुर्मीले यस अस्पतालले नेपाल सरकारको मापदण्डभित्र रहेर कोरोना संक्रमितहरुसँग शुल्क लिएको प्रष्ट पारे ।

उनले नेपाल सरकारले आईसियूको शुल्क प्रतिदिन २२ हजारसम्म तोकेको भए तापनि अस्पतालले १५ हजार मात्रै लिएको र यहाँ दिइएको सेवाअनुसार मात्रै अधिकतम शुल्क लिएको बताए ।

अस्पताल मै भएकाे पत्रकार सम्मेलनमा डा. निमेश पाल रमन, डा. राजेश साह, डा. श्याम गुप्ता, प्रशासन प्रमुख  सुनिल पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।  

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिन्दवासिनीमाई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु, युवा नेता पटेलद्वारा उद्घाटन

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१९ मा शनिबारदेखि श्री बिन्दवासिनी माई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । श्री बिन्दवासिनी माई युवा क्लब, वीरगंज–१९...

जिराभवानी गाउँपालिकाले ल्यायो ४० करोड ८३ लाखको बजेट, शिक्षा-स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाले १७औँ गाउँसभामार्फत आर्थिक वर्ष २०८३/८४ का लागि ४० करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष अनोज चौधरीले...

वीरगंजमा लापसे चेकजाँच : ५ चालक नियन्त्रणमा, कारबाहीका लागि प्रहरीको जिम्मा लगाइयो

वीरगंज । वीरगंज महानगरपालिका–१४ स्थित गण्डक क्षेत्रमा सञ्चालन गरिएको लापरवाहीपूर्वक सवारी सञ्चालन (लापसे) सम्बन्धी विशेष चेकजाँच अभियानका क्रममा ५ जना चालकलाई नियन्त्रणमा लिइएको छ...