Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

सकारात्मक समाजको पोजेटिभीटी एम्बेसडरमा ओम झा नियुक्त

spot_img
spot_img

वीरगंज । डाइनामिक एक्सन टिम वीरगंजद्वारा सकारात्मक युवा समाजको पोजेटिभीटी एम्बेसडरमा पर्सा जिल्लाका ओम कुमार झा नियुक्त भएका छन् ।

“युवाका लागि खुला मञ्च” भन्ने मुख्य ध्येयका साथ सञ्चालित संस्थाको पोजेटिभीटी एम्बेसडरमा झा नियुक्त भएका हुन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रद्धेश आचार्यद्वारा हस्ताक्षरित नियुक्ती पत्रमा झालाई पोजेटिभीटी एम्बेसडरमा नियुक्त गरिएको उल्लेख गरिएको छ ।

 संस्थाले नामजस्तै समाजलाई सकारात्मक बनाउन युवाहरुको परीचालन गर्नुका साथै कोरोना भाइरसको महामारीमा पनि विभिन्न सामाजिक कामहरु गरीरहेको संस्थाका नवनियुक्त पोजेटिभीटी एम्बेसडर ओम कुमार झाले बताए । 

संस्थाको सक्रिय सदस्यमा आकाश दास, अनामिका तिवारी, प्रज्ञा कर्ण, अंशिका सिँह, अर्जुन गुप्ता, दिनीता चौधरी, बिकी मिश्रा, बिदगंल तामाङ, शिवानगी सुड, विवेक महताे, जिवन कुमार कानु, पवन कलवार, पियुष अग्रवाल, प्रभात गुप्ता, पुरषुत्म गुप्ता, राजु गुप्ता, रिषु श्रीवास्तव, राेहीत कर्ण, सेजल कर्ण, सिद्धार्थ गुप्ता, सुमन राैनियार, सुमित गुप्ता, सुरज कुशवाहा, तमाना कुमारी, त्रिपिती तिवारी र राेशन कुमार  रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका नेता सुजित पाण्डेको निधन

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४, लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१४...

भोटेकोशी बाढीपीडितका लागि लायन्स इन्टरनेशनलद्वारा एक करोड सहयोग गर्ने निर्णय

वीरगंज । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले १ करोड...