Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

प्रदेश २ सरकारमा सहभागि हुन नेपाली कांग्रेस सहमत

spot_img
spot_img

वीरगंज ।  प्रदेश २ सरकारमा सहभागि हुने बिषयमा जनता समाजवादी पार्टी र नेपाली कांग्रेस बिच दुई बुंदे सहमती भएकाे छ ।

दुबै दल बिच लाेकतन्त्र, संघीयता, समावेशी समानुपातिक र प्रादेशीक अधिकारकाे संरक्षण, संवर्द्धन तथा सुदृढिकरण गर्न जनता समाजवादी पार्टी नेपाल प्रदेश नं. २ काे प्रदेश सभा संसदिय दलकाे नेता मुख्यमन्त्री लालबाबु राउतकाे नेतृत्वमा रहेकाे सरकारमा नेपाली कांग्रेस प्रदेश नं. २ का प्रदेश सभा सदस्य एवम् संसदिय दलका नेता राम सराेज राय यादवकाे नेतृत्वमा सरकार सहभागि हुने सहमती भएकाे हाे ।

यस्तै, प्रादेशिक आवश्यकता र विज्ञहरुकाे राय सहित मन्त्री परिषदकाे संरचना र कार्यविभाजनलाई अझ वैज्ञानिक तथा व्यवस्थित बनाई मन्त्री परिषदकाे संख्या थपघट गर्न सकिने समेत सहमती भएकाे मुख्यमन्त्रीका स्वकिय सचिव दिपक यादवले वताए । 

सहमती पत्रमा नेपाली कांग्रेस प्रदेश २ का संसदिय दलका नेता राम सराेज यादव र जनता समाजवादी प्रदेश २ का संसदिय दलका नेता समेत रहेका मुख्यमन्त्री लालबाबु राउत गद्दीले हस्ताक्षर गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...