Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

डिवाईसिद्वारा क्याटलाई खाद्य सामग्री सहयाेग

spot_img
spot_img

वीरगंज । दिव्य युवा क्लब (डिवाईसि) पर्साले कोभिड एक्शन टिम (क्याट) पर्सालाई खाद्य सामग्री सहयाेग गरेकाे छ ।

एक्शनएड नेपालको साझेदारी संचालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत क्याटलाई चामल ७ बोरा, दाल १ बोरा, खाने तेल १० लिटर, आलु ५० किलो र पियाज ५० किलो सहयाेग गरिएकाे डिवाईसिका कार्यकारी निर्देशक रामाकान्त पटेलले जानकारी दिए ।

निषेधाज्ञामा प्रभावित वीरगंजका गरीव, अति गरीव तथा दैनिक ज्यालादारीमा काम गर्ने ब्यक्तिहरूकाे लागि क्याटले गर्दै आएकाे खाना ब्यवस्थापनमा खाद्य सामग्री सहयाेग गरिएकाे उनले वताए ।

क्याटका संयाेजक समेत रहेका जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महम्द अंसारीलाई डिवाईसि पर्साका अध्यक्ष देवनाथ ठाकुरले जिल्ला समन्वय समिति मै पुगी साे सामग्री हस्तान्तरण गरेका थिए ।

साे अवसरमा क्याटका सदस्य एवम् नेपाली कांग्रेस पर्साका सचिव शयाम पटेल, क्याटका सदस्य एवम् जसपा पर्साका सचिव तबरेज अहमद, क्याटका सदस्य एवम् नेकपाका प्रतिनिधि संजिव मिश्रा, डिवाईसिका वित तथा प्रशासन संयोजक शयामकिशोर प्रसाद चौहान, स्पौंसर संयोजक सुनिल कुमार भारती तथा फिल्ड अधिकृत मुनिलाल महतो लगायतकाे सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीले बगाएको सेफ तोडेर पैसा चोरी गर्ने पर्साका अन्सारी सहित २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राखिएको सेफ फेला पारी तोडफोड गरी पैसा चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई...

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ६१६ पुग्यो

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६१६ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहान...

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...