Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईमा अझै सुरु भएन प्रधानमन्त्री राेजगार कार्यक्रम

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकामा अझै पनि प्रधानमन्त्री राेजगार कार्यक्रम सुरु हुन सकेकाे छैन । असार मसान्त सम्म सम्पन्न गर्नु पर्ने कार्यक्रम अझै सुरु नहुँदा बराेजगारहरुकाे लागि आएकाे करिब एक कराेड बजेट फ्रिज हुने सम्भावना बढेकाे छ ।

पर्सा कै अन्य पालिकाहरुमा प्रधानमन्त्री राेजगार कार्यक्रम सुरु भए पनि कालिकामाईमा जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृतकाे लापरवाहीले सुरु हुन नसकेकाे स्थानियहरुले गुनासाे गरेका छन् ।

आ.व. २०७७/०७८ मा गाउँपालिका अन्तर्गतका बेराेजगार ५ सय ६४ जनाले फारम भरेका छन् । जस मध्ये एक सय जनालाई एक सय दिन राेजगार दिनु पर्ने छ । कार्यक्रम संचालन भएकाे भए एक जनाले एक दिनकाे रु ५ सय १७ काे दरले एक सय दिनकाे रु ५१ हजार ७ सय पाउने थिए । 

तर गाउँपालिकाकाे लापरवाहीले बेराेजगारकाे लागि आएकाे कार्यक्रम समय मै संचालन नहुँदा उनीहरु मर्कामा परेका हुन् ।

बेराेजगारहरुले पाउने पारिश्रमिक वापतकाे रकम सम्बन्धित सबैकाे बैंक मार्फत खातामा पठाउनु पर्ने भएकाेले कार्यक्रम संचालन भएकाे खण्डमा आर्थिक लाभ हुने नदेखिएकाेले कार्यक्रम संचालनमा खासै कसैले ध्यान नदिएकाे स्थानियहरुकाे गुनासाे छ ।

अझै पनि प्रधानमन्त्री राेजगार कार्यक्रम संचालन भए असार मसान्त सक्न ३७ दिन वाकी रहेकाे छ । चाँडाेमा भाेली नै भयाे भने असार समान्त सक्ने कम से कम एक दिन अघावै सम्पन्न गर्नु पर्ने हुन्छ । किन भने असारकाे अन्तिम ३१ गते सम्म मात्र चेक काटन सिकने भएकाेले पारिश्रमिकहरुकाे निकास साेही दिन गर्नु पर्ने हुन्छ । त्यसाे भए एक सय दिन संचालन गर्नु पर्ने कार्यक्रम ३५ दिन मात्र संचालन गर्न सकिन्छ । 

त्यसले एक जना बेराेजागर व्यक्ति सय दिन कार्यक्रम संचालन भएकाे खण्डमा पाउनु पर्ने रु ५१ हजार ७ सय मध्ये ३५ दिन संचालन भएकाे खण्डमा मात्र रु १८ हजार ९५ पाउने छन् । गाउँपालिकाकाे जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहकाे गैर जिम्मेवारीका कारण एक जना बेराेगारकाे लागि आएकाे रकममा पनि रु ३३ हजार ६ सय ५ कम पाउने छन् ।  

केन्द्र सरकारकाे रु ५१ लाख र थप बिश्व बैंककाे बजेट गरी प्रधानमन्त्री राेजगार कार्यक्रमकाे कुला बजेट ९६ लाख रहेकाे गाउँपालिकाकाे प्रधानमन्त्री राेजगार कार्यक्रमका संयाेजक विनय साहले वताए ।

उनले बजेट ढिलाे निकासा भएका कारण समय मै कार्यक्रम संचालन गर्न नसकिएकाे वताए । तर पर्साका कै अन्य पालिकाले समय मै साेही कार्यक्रम संचालन गरेका छन् । 

पर्सा कै जिराभवानी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, सखुवा प्रसाैनी गाउँपालिका, पाेखरिया नगरपालिका लगायतकाे पालिकामा प्रधानमन्त्री राेजगार कार्यक्रम संचालन भइसकेकाे छ ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...