Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

रेडक्रसद्वारा सुरक्षाकर्मीलाई मास्क सहयाेग

spot_img
spot_img

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाले मानव सेवा आश्रम वीरगंज र नेपाली सेनालाई मास्क सहयाेग गरेकाे छ ।

जिल्लाकाे सबै पालिकाहरुलाई मास्क सहयाेग गरेकाे रेडक्रसले साेमबार मानव सेवा आश्रमलाई र नेपाली सेनालाई पनि ५ सय पिस सर्जिकल मास्क सहयाेग गरेकाे रेडक्रस पर्साका राजन श्रीवास्तवले वताए । 

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका निबर्तमान सभापति एवं प्रदेश २ का अध्यक्ष फुलमहम्मद मियाँ, कोषाध्यक्ष महन्थ प्रसाद यादव, उप कोषध्यक्ष दायाँशंकर सिंहले सो मास्क मानव सेवा आश्रम वीरगंजका दिवेश मानव सेवा र नेपाली सेनाका प्रतिनिधिलाई हस्तान्तरण गरिएको श्रीवास्तवले जानकारी दिए ।

यस्तै, रेडक्रस पर्साले आइतबार पनि जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरि पर्सालाई ५०० पिस मास्क उपलब्ध गराइएको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...