Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026

गुणस्तरहिन काम भएका सिकटा नदीकाे झुलुङ्गे पुल कम समयमै भाँचियो

spot_img
spot_img

भिस्वा । पर्साको कालिकामाई गाउँपालिकास्थित पर्ने सिकटा नदीमा रहेको झुलूङ्गे पुलको सुरुको भाग भत्केको छ ।

कालिकामाई गाउँपालिका र छिपहरमाई गाउँपालिकाको बिचमा पर्ने पुलको सुरुको भाग भत्किदाँ सो बाटो भएर आवत जावत गर्न समस्या भएको छ ।

प्रदेश नम्बर २ अन्तर्गत बारा र पर्साको ग्रामीण भेगमा रु. ४२ करोड़को लागतमा भौतिक पूर्वाधार बिकास मन्त्रालयबाट निर्माण भएको ५ झुलुङ्गे पुल मध्येका एक पुल यो पनि रहेको बुझिएको छ ।

सिकटा नदी माथी निर्मित कलिकामाई गाउँपालिकाको रविदास र छिपहरमाई गाउँपालिकाको बंजारी जोड़ने सो पुलको लंबाई ५० मीटर र चौड़ाई ७ मीटर रहेको छ ।

जुन पुल १२ करोडको लागतमा केही समय पहिले निर्माण भएको थियो । पुल भाचिदा सो बाटो भएर आवत जावत गर्ने जोखिम बढेको स्थानीयहरुले बताएका छन् । उनीहरुका अनुसार ठेकेदार कम्पनीको लापरबाहीले गुणस्तरहिन काम हुँदा कम समयमै पुल भाचिएको हो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिन्दवासिनीमाई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु, युवा नेता पटेलद्वारा उद्घाटन

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१९ मा शनिबारदेखि श्री बिन्दवासिनी माई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । श्री बिन्दवासिनी माई युवा क्लब, वीरगंज–१९...

जिराभवानी गाउँपालिकाले ल्यायो ४० करोड ८३ लाखको बजेट, शिक्षा-स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाले १७औँ गाउँसभामार्फत आर्थिक वर्ष २०८३/८४ का लागि ४० करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष अनोज चौधरीले...

वीरगंजमा लापसे चेकजाँच : ५ चालक नियन्त्रणमा, कारबाहीका लागि प्रहरीको जिम्मा लगाइयो

वीरगंज । वीरगंज महानगरपालिका–१४ स्थित गण्डक क्षेत्रमा सञ्चालन गरिएको लापरवाहीपूर्वक सवारी सञ्चालन (लापसे) सम्बन्धी विशेष चेकजाँच अभियानका क्रममा ५ जना चालकलाई नियन्त्रणमा लिइएको छ...