Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

पाेखरियामा प्रधानाध्यापक न्युक्तिकाे बिषयमा जनप्रतिनिधि बिच विवाद

spot_img
spot_img

पाेखरिया । पर्साको पाेखरियास्थित रहेकाे श्री रामदेव कलवार उच्च माबि पोखरीयामा प्रधानाध्यापक बनाउने बिषयलाई लिएर पोखरीया नगरपालिकाका जनप्रतिनिधीमा दुई धार देखिएको छ ।

२०७७ चैत्र ३१ गते बिधालयका प्रध्यानाध्यापक ब्यास महतो सेवा निबृत भए पछि सोही समय देखी आज सम्म शिक्षक बिनोद प्रसाद महतो र ओमप्रकास साह रौनियारमा कसलाई प्रध्यानाध्यापक बनाउने बिषयमा दुई धार हुदा बिधालयको अन्य काम कारवाहीमा समस्या उत्पन भएको बिधालयका शिक्षकहरु बताएका छन ।

सेवा निबृत ब्यास महतोले सोही समयमा जेष्ठताको आधारमा बिनोद प्रसाद महतोलाई निमित प्रध्यानाध्यापक तोकेका थिए ।

यता ०७८ जेष्ठ २ गते पोखरीया नगरपालिकाले निर्णय गरी ओमप्रकास साह रौनियारलाई प्रध्यानाध्यापक तोकी २०७८ जेष्ठ २० गते परिपत्र गरेको छ भने आज बिहान पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन सहितको वडाअध्यक्षहरु बंका राउत, सियानन्द चौहान, नन्दलाल प्रसाद, किशोरी साह, रामबाबु चौहान, सोनालाल साह लगायत सहितका पदाधिकारीहरुले नगरस्तरिय निर्णय अनुसार बिधालय ब्यवस्थापन समितीको बैठकमा छलफल नहुन्जेल सम्म नियुक्त भएका शिक्षक ओमप्रकास साह रौनियारलाई प्रध्यानाध्यापकको रुपमा हाजिर नगर्न गराउन र खाता संचालन प्रक्रिया समेत अगाडी नबढाउन निर्णय गरेका छन् ।

मेयरको परिपत्र अनुसार नियुक्त भएका ओमप्रकास साह रौनियारको नाममा खाता संचालन नगर्न यस बिषयमा मेयरले बैठक बसाई छलफल गराउने र दुई शिक्षक बिचको विवाद सुल्झाउनु पर्ने उपमेयर सलमा खातुन सहित आधा दर्जन वडाअध्यक्षहरुद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यदि मेयरले बैठक बसाएर छलफल गराएन र विवाद सुलझाएन भने बिधालयमा हुने सम्मपुर्ण गतिबिधीको जिम्मेवारी स्वयम मेयर दिपनारायण रौनियारको हुने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

बिनोद प्रसाद महतोलाई नै प्रध्यानाध्यापक तोक्ने एक पक्षको मनसाय देखिएकोले मेयर दिपनारायण रौनियारको निर्णय उल्टाउन सम्मपुर्ण आजको गतिबिधी देखाएको मेयर पक्षको स्राेतकाे भनाई रहेको छ ।

२ दिन नै नबित्दा नगरपालिकाका मेयर र उपमेयरको बिच निर्णय उल्टाउल्टीको खेलले शिक्षकहरु समस्यामा परेका छन ।

बिवादका कारण १ चौमासिकको शिक्षकहरु तलब खान पाएका छैनन् भने पाठयपुस्तक खरिद, सिईईको आन्तरिक मुल्यांकन समेत प्रभावित बनेको शिक्षक बिनोद प्रसाद चौहानले बताए ।

बिकासको बजेटमा र अन्य शिर्षकमा पोखरीया नगरपालिकाका जनप्रतिनिधीहरुमा कुनै प्रकारको टिकाटिप्पणी नदेखिए पनि शिक्षा जस्तो बिषयमा जनप्रतिनिधीको बिचमा तनाव र कुरा नमिल्नमा ब्यक्तिगत स्वार्थ छुपेको स्थानियहरुले बताएका छन् ।

पोखरीया नगरपालिका पर्सा जिल्लाको दोस्राे सदरमुकामको रुपमा रहे पनि पोखरीयाको शहरी विकास, आर्थिक बिकास, समाजिक विकास, शिक्षाको विकास तथा अन्य कुनै प्रकाको विकासमा सुधार नदेखिएको स्थानियहरुको गुनासो रहेको छ ।

पोखरीयाको अनेक कुरामा पर्साको सम्मपुर्ण पालिकाको सरोकार रहेकोले पोखरीयामा सानो सुधार आयो भने पर्सामा पनि सुधारको प्रभाव पर्न सक्ने पर्साका बुद्धिजीवीहरुले बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...