Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

प्रनि थापाकाे सक्रियतामा निषेधाज्ञामा पनि अपराधिक गतिविधि नियन्त्रण

spot_img
spot_img

वीरगंज । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको सक्रियताले ग्रामीण ईलाकामा चोरी तस्करी तथा अपराधिक गतीबिधिहरु कमि आएकाे छ । 

प्रहरी निरीक्षक थापा आएको आठ महिना भित्रमा पटेर्वासुगौली गाउँपालीकामा पर्ने भलुवाई खोलाबाट विभिन्न मितीमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीले गिट्टी, बालुवा तस्करीको ३५ ओटा ट्रेक्टरलाई पक्राउ गरि सम्बन्धित पालिकालाई बुझाएकाे छ ।

आवश्यक कारवाहीकाे लागि गाउँपालिकामा बुझाईएकाे ट्रेक्टरलाई पहिलाे पटक पाँच हजार र दोस्रो पटक सोही गाडी नम्बरको ट्रेक्टरलाई दस हजारको जरिवानाको रसिद काटेर छोडिएको प्रहरी निरिक्षक थापाले वताए ।

यसका साथै विभिन्न मितिमा सालको अन्दाजी ६० क्युफिट गोलिया पक्राउ गरि आवश्यक कार्वाहीको लागि सब डिभिजन बन कार्यालय रङ्गपुरटाडीमा बुझाएको उनले बताए । 

यस्तै आफु आएदेखी जघन्य अपराधमा ९ जना र लागु औषधसहित ६ जनालाई पक्राउ गरिएकाे प्रहरी निरिक्षक थापाले जानकारी दिए । लागु औषधसहित पक्राउ परेकाहरुकाे साथबाट चरेश ८ किलाे, चरेश बनाउने धुलाे १० किलाे, गाँजा ७० किलाे समेत बरामद भएकाे उनले जानकारी गराए ।

यस्तै, इप्रका पटेर्वा सुगाैलीले १३ विगहा लगाइएकाे गाँजा फडानी समेत गरेकाे प्रहरी सहायक निरिक्षक सुभाष यादवले वताए ।

यसका साथै इप्रका पटेर्वा सुगाैली मातहतकासमेतले अवैध रुपमा संचालन रहेकाे १५ वटा जति घरेलु मदिरा भट्टी नष्ट गरिएकाे उनले जानकारी दिए । यस्तै इप्रकाले चार पटकमा ५० वटा रंगा समेत नियन्त्रणमा लिएर भन्सार बुझाएकाे छ ।

यसका अलवा प्रहरी निरिक्षक थापा कै सक्रियतामा इप्रकामा आगन्तुकहरुकाे लागि प्रतिक्षालय र इप्रका मातहतका प्रहरी चाैकी बढनियारमा शाैचालय तथा स्नान घर निर्माण भइरहेकाे लेखा प्रमुख समेत रहेका प्रहरी सहायक निरिक्षक यादवले जानकारी गराए ।

प्रहरी निरिक्षक थापाले इप्रका अन्तर्गतका राम्राे काम गर्ने प्रहरी सहायक निरिक्षक, प्रहरी हवलदार र प्रहरी जवानलाई नगद राशी सहित पुरस्कृत समेत गरेका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...