Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

पर्सामा काेराेना संक्रमित निरन्तर घट्दै

spot_img
spot_img

वीरगंज । पर्साका ३ सहित थप १० जनामा शनिबार काेराेना भाइ‍रस संक्रमण पुष्टि भएकाे छ । 

वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा ९६ जनाकाे आरटी पिसिआर विधिबाट परिक्षण गर्दा १० जनामा काेराेना संक्रमण देखिएकाे नारायणी अस्पतालका काेभिड फाेकल पर्सन डा. सराेज राेशन दासले वताए । संक्रमित हुनेहरुमा पर्साका ३ जना, बाराका ३ जना, राैतहटका एक जना, सर्लाहीका एक जना र महाेतरीका २ जना रहेकाे उनले जानकारी दिए ।

संक्रमित हुनेमा ३ जना महिला र ७ जना पुरुष रहेका छन् । संक्रमितहरु ३३ बर्षदखी ९५ बर्ष उम्मेर समुहका रहेका छन् । उनीहरुकाे सिटी भ्यालु २३.३ देखी ३५ सम्म रहेकाे छ ।

पर्साकाे वीरगंज महानगरपालिका वडा नं. ८, १७ र सखुवा प्रसाैनी गाउँपालिका वडा नं. १ का एक/एक जना संक्रमित भएका छन् ।

यस्तै, बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १, ३, काेल्भि ६ का एक/एक जना संक्रमित भएका छन् ।

यस अघि शुक्रबार नारायणी अस्पतालकाे प्रयाेगशालामा ९६ जनाकाे आरटी पिसिआर विधिबाट परिक्षण ९ जनामा मात्र काेराेना संक्रमण पुष्टि भएकाे थियाे । संक्रमित पुष्टि भएका मध्ये पर्साका ४ जना, बाराका ३ जना, राैतहट र सर्लाहीका एक/एक जना थिए ।

यस्तै, बिहिबार नारायणी अस्पताल मै १४२ जनाकाे परिक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएकाे थियाे । संक्रमित हुनेमा पर्साका १४ जना, बाराका ६ जना, राैतहट र सर्लाहीका एक/एक जना थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...