Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

वीरगंज ८ मा ७५ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ८ शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वडा कार्यालयमा भएकाे कार्यक्रममा ७५ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डेले वताए ।

कार्यक्रममा धन्नजय साह कानु, संताेश कुमार, धिरज साह, राजकिशाेर गुप्ता, अभिजित चाैधरी, किशन हवारी, राम कुमार पाेखरेल, रवि श्रेष्ठ, राजु कुमार श्रीवास्तव, प्रकाश राणा, मुस्तुफा हवारी, पवन साह लगायतकाले रक्तदान गरेकाे उनले जानकारी दिए ।

वीरगंज महानगरपालिका वडा नं. ८ काे कार्यालयकाे सहयाेग र यू.डी.वाई-सेफ कम्प्युटर एजुकेशनकाे आयाेजनामा रक्तदान कार्यक्रम भएकाे थियाे ।

वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष राजकिशाेर गुप्ता, बंशीधर गुप्ता, भाेलेन्टियर समुहका राजन श्रीवास्तव, श्याम सर्राफ, किशन सर्राफ लगायतकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रम रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीका चितवन पुगेका २२९ शव जमिनमा गाडिँदै

चितवन । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका र बगेर चितवनसम्म पुगेका पहिचान हुन नसकेका शवहरू संक्रमण फैलिन नदिन जमिनमा व्यवस्थापन गरिने भएको छ। जिल्ला...

हरिखेतान बहुमुखी क्याम्पसद्वारा बाढीपीडितका लागि ५ लाख सहयोग

वीरगंज । हरिखेतान बहुमुखी क्याम्पस वीरगंजले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ...

भोटेकोशी बाढीले बगाएको सेफ तोडेर पैसा चोरी गर्ने पर्साका अन्सारी सहित २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राखिएको सेफ फेला पारी तोडफोड गरी पैसा चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई...