Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

मानव बेचबिखनको लागि दुई युवतीलाई भारत लगिरहेका श्रीमान्–श्रीमति पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले मानव बेचविखनको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

भारतको बिहार जिल्ला पूर्वी चम्पारण थाना पहाडपुर ग्राम पंचायत अहिरवलीया गोदाव वडा नं. ४ निवासी २७ बर्षीय अस्गर सैफी र जिल्ला तनहुँ दमौली नगरपालिका वडा नं. ५ निवासी सकिना खातुन भनिने सीता थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुबै जना श्रीमान् र श्रीमति हुन ।

अस्गर सैफी र निजकी श्रीमती सीता थापा क्षेत्रीले जिल्ला गोरखा घर भएका वर्ष २० तथा वर्ष २२ का गरी दुई जना महिला हरूलाई निजहरूकै घरठेगानाबाट जिल्ला बाँकेस्थित नेपालगञ्जमा रहेको एक मन्दिरमा कन्या पूजा गर्न १ घण्टाको लागि कन्याको रूपमा गएबापत जनही रू.५० हजार दिने भनी ललाइफकाई नेपालगञ्जसम्म ल्याएका थिए ।

त्यसपछि उनीहरुले पैसा लिन वीरगंज बजार जानुपर्छ भनी झुक्याएर पारी बी.म.न.पा. १६ स्थित ईनर्वा नाकासम्म पु¥याई पैसा लिन पुनः भारतको बेतिया जानुपर्छ भन्दै मानव बेचबिखन गर्ने उद्देश्यले सीमा पार गराउन लाग्दा बिहीबार दिउँसो ३ बजे प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले पीडितहरूको उद्दार गरी बेचबिखनमा संलग्न दुबै जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनाबिरूद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत कसूर गरेको अभियोगमा पर्सा जिल्ला अदालतबाट शुक्रबार ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...