Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

शिवशक्ति उद्योगद्वारा पौने सात लाखको खाद्यान्न सहयोग

spot_img
spot_img

वीरगंज । वीरगंज पथलैया आद्योगिक करिडोरमा रहेको शिवशक्ति उद्योग प्रालिले वीरगंज महानगरपालिकालाई पौने सात लाख भन्दा बढीको खाद्यान्न सहयोग गरेको छ ।

कोरोना भाईरस संक्रमण (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा विपन्न तथा गरिब परिवारलाई राहत वितरणका लागि शिवशक्ति उद्योगले खाद्यान्न सामग्री सहयोग गरेको हो ।

राहत स्वरुप उद्योगले ९ टन चामल, १ टन दाल, १ सय लिटर तेल गरी ६ लाख ८९ हजार मूल्य बराबरको खाद्यान्न महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीलाई मंगलबार उद्योगका प्रतिनिधि महेशजंग पाण्डे लगायतको टोलीले हस्तान्तरण गरे ।

महानगरपालिका परिसरमा नै पुगेर उद्योगका प्रतिनिधिहरुले उक्त परिमाणको खाद्यान्न राहत स्वरुप सहयोग गरेको हो ।

महामारीको संकटका बेला विपन्न गरिब परिवारलाई अभाव हुन नदिन महानगरपालिकाले विभिन्न संघ संस्थालाई निःशुल्क भोजन वितरण गर्दै आएको छ । महानगर क्षेत्रमा सडक पेटीमा अलपत्र परेका र निषेधाज्ञाले प्रभावित परिवारहरुलाई छाक टार्न समस्या भएकाहरुलाई साहिव दरवार सेवा संस्था, समपर्ण सेवा संस्था, रेलवे कटेज, १०० ग्रुप्स लगायतका संस्थाहरुले निःशुल्क भोजन गराई रहेका छन् ।

उनीहरुलाई खाद्यान्न अभाव हुन नदिन महानगरपालिकाले आवश्यक खाद्य सामग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

शिवशक्ति उद्योग प्रालिले गतबर्ष भएको लकडाउनमा पनि प्रभावित विपन्न परिवारका लागि खाद्य सामग्री सहयोग गरेको थियो । यसपटक पनि लामो समयसम्म निषेधाज्ञा हुँदा आर्थिक रुपमा विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने मजदुर वर्गहरुलाई भोको बस्न नपरोस भनेर सहयोग गरेको उद्योगका प्रतिनिधि महेशजंग पाण्डेले बताए ।

राहत सहयोग ग्रहण गर्दै महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले महासंकटको बेला सहयोग गर्ने सहयोगी दाताहरुलाई धन्यवाद दिदै यस्तो संकटको अवस्थामा एउटाको मात्रै मुख ताकेर नहुने सबैले सकेको सहयोग गरेर कोरोनालाई परास्त गर्नुपर्ने बताए ।

महानगरपालिकाले नगर क्षेत्रमा निषेधाज्ञाबाट प्रभावित गरिब विपन्नहरुलाई वडा वडामा निःशुल्क भोजनको व्यावस्था गर्न वडा अध्यक्षहरुलाई निर्देशन दिईसकिएकाे र त्यसको सोधभर्ना महानगरपालिकाले गर्ने पनि बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीका चितवन पुगेका २२९ शव जमिनमा गाडिँदै

चितवन । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका र बगेर चितवनसम्म पुगेका पहिचान हुन नसकेका शवहरू संक्रमण फैलिन नदिन जमिनमा व्यवस्थापन गरिने भएको छ। जिल्ला...

हरिखेतान बहुमुखी क्याम्पसद्वारा बाढीपीडितका लागि ५ लाख सहयोग

वीरगंज । हरिखेतान बहुमुखी क्याम्पस वीरगंजले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ...

भोटेकोशी बाढीले बगाएको सेफ तोडेर पैसा चोरी गर्ने पर्साका अन्सारी सहित २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राखिएको सेफ फेला पारी तोडफोड गरी पैसा चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई...