Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

शिवशक्ति उद्योगद्वारा पौने सात लाखको खाद्यान्न सहयोग

spot_img
spot_img

वीरगंज । वीरगंज पथलैया आद्योगिक करिडोरमा रहेको शिवशक्ति उद्योग प्रालिले वीरगंज महानगरपालिकालाई पौने सात लाख भन्दा बढीको खाद्यान्न सहयोग गरेको छ ।

कोरोना भाईरस संक्रमण (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा विपन्न तथा गरिब परिवारलाई राहत वितरणका लागि शिवशक्ति उद्योगले खाद्यान्न सामग्री सहयोग गरेको हो ।

राहत स्वरुप उद्योगले ९ टन चामल, १ टन दाल, १ सय लिटर तेल गरी ६ लाख ८९ हजार मूल्य बराबरको खाद्यान्न महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीलाई मंगलबार उद्योगका प्रतिनिधि महेशजंग पाण्डे लगायतको टोलीले हस्तान्तरण गरे ।

महानगरपालिका परिसरमा नै पुगेर उद्योगका प्रतिनिधिहरुले उक्त परिमाणको खाद्यान्न राहत स्वरुप सहयोग गरेको हो ।

महामारीको संकटका बेला विपन्न गरिब परिवारलाई अभाव हुन नदिन महानगरपालिकाले विभिन्न संघ संस्थालाई निःशुल्क भोजन वितरण गर्दै आएको छ । महानगर क्षेत्रमा सडक पेटीमा अलपत्र परेका र निषेधाज्ञाले प्रभावित परिवारहरुलाई छाक टार्न समस्या भएकाहरुलाई साहिव दरवार सेवा संस्था, समपर्ण सेवा संस्था, रेलवे कटेज, १०० ग्रुप्स लगायतका संस्थाहरुले निःशुल्क भोजन गराई रहेका छन् ।

उनीहरुलाई खाद्यान्न अभाव हुन नदिन महानगरपालिकाले आवश्यक खाद्य सामग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

शिवशक्ति उद्योग प्रालिले गतबर्ष भएको लकडाउनमा पनि प्रभावित विपन्न परिवारका लागि खाद्य सामग्री सहयोग गरेको थियो । यसपटक पनि लामो समयसम्म निषेधाज्ञा हुँदा आर्थिक रुपमा विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने मजदुर वर्गहरुलाई भोको बस्न नपरोस भनेर सहयोग गरेको उद्योगका प्रतिनिधि महेशजंग पाण्डेले बताए ।

राहत सहयोग ग्रहण गर्दै महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले महासंकटको बेला सहयोग गर्ने सहयोगी दाताहरुलाई धन्यवाद दिदै यस्तो संकटको अवस्थामा एउटाको मात्रै मुख ताकेर नहुने सबैले सकेको सहयोग गरेर कोरोनालाई परास्त गर्नुपर्ने बताए ।

महानगरपालिकाले नगर क्षेत्रमा निषेधाज्ञाबाट प्रभावित गरिब विपन्नहरुलाई वडा वडामा निःशुल्क भोजनको व्यावस्था गर्न वडा अध्यक्षहरुलाई निर्देशन दिईसकिएकाे र त्यसको सोधभर्ना महानगरपालिकाले गर्ने पनि बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...