Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

डिवाईसिद्वारा पटेर्वा सुगाैली गापालाई स्वास्थ्य सामग्री सहयाेग

spot_img
spot_img

वीरगंज । कोरोना माहामारीको दोस्रो भेरियन्ट सहितको संक्रमण नेपाल भर फैलिरहेको अवस्थामा पर्सा जिल्लामा पनि त्यसको प्रभाव उच्च रुपमा परेको अवस्था सबैलाई विधितै छ ।

यस विषम परिस्थितिमा स्थानीय समुदायका सेवाग्राहीहरुले स्थानीय स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सुरक्षा सामाग्रिहरुको पुर्ण रुपमा उपलब्धता नभएको कारणले गर्दा सेवाग्रहीहरुलाई सेवा दिन कठिनाई रहेको अवस्थामा पर्साकाे पटेर्वा सुगौली गाउँपालीकासंगको सहकार्यमा कोभिड–१९ को संक्रमणलाई रोकथाम गर्न दिव्य यूवा क्लव र एक्सनएड नेपालको साझेदारमिा संचलनमा रहेको स्थानीय अधिकार कार्यक्रम अन्तर्गत सोहि गाउँपालीकाका ५ ओटा स्वास्थ्य चौकीहरुको लागि स्वास्थ्य सामग्री सहयाेग गरिएकाे छ ।

पि.पि.ई. ५० सेट, सर्जिकल ग्लब्स ५०० थान, सर्जिकल माक्स ५०० थान, सेनिटाइजर २५ लिटर, फेसहेडशिल ५० थान, हेण्डवास ५० थान, डिजिटल थर्मामिटर २० थान तथा अक्सीमिटर ५ थान गरि रु १,९०,९२० रुपैया बरावरको स्वास्थ्य सामाग्री पटेर्वा सुगौली गाउँपालिकाका स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले वताए ।

त्यस्तै पालिकाले नै स्थापना गरेको आईसोलेसनको लागि पि.पि.ई ३० सेट, सर्जिकल ग्लबस ५०० थान, सर्जिकल माक्स ५०० थान, सेनिटाइजर ३० लिटर, फेसहेड ३० थान, हेण्डवास ३० थान, अक्सीमिटर २ थान, थर्माेगन २ थान बेडसिट ३० पिस तकिया ३०, टावल ३०, पलाष्टिक बाटा ३०, डस्टवीन ३० पिस एन्टीजेन टेस्ट किट १०० थान, सोडियम क्लोरिन ३० लिटर, यूटिलिटी ग्लब्स १० जोडा गरि रु २,७६,३२० रुपैया बराबरको स्वास्थ्य सामाग्री स्थानीय पालिकाका स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

पटेर्वा सुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतो, निमित प्रमुख प्रशासकिय अधिकृत भुजेन्द्र प्रसाद यादव, स्वास्थ्य शाखा प्रमुख जगरनाथ साह, दिब्य युवा क्लबका अध्यक्ष देवनाथ ठाकुर, कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मी, स्पौंसर संयोजक सुनिल कुमारी भारती तथा लेखा तथा वित संयोजक श्यामकिशोर प्रसाद चौहानको रोहबरमा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको क्लबले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीका चितवन पुगेका २२९ शव जमिनमा गाडिँदै

चितवन । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका र बगेर चितवनसम्म पुगेका पहिचान हुन नसकेका शवहरू संक्रमण फैलिन नदिन जमिनमा व्यवस्थापन गरिने भएको छ। जिल्ला...

हरिखेतान बहुमुखी क्याम्पसद्वारा बाढीपीडितका लागि ५ लाख सहयोग

वीरगंज । हरिखेतान बहुमुखी क्याम्पस वीरगंजले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ...

भोटेकोशी बाढीले बगाएको सेफ तोडेर पैसा चोरी गर्ने पर्साका अन्सारी सहित २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राखिएको सेफ फेला पारी तोडफोड गरी पैसा चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई...