Date
बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

महुवनामा प्रबेशद्वार र स्व. फुलचनकाे शालिक निर्माण हुँदै

spot_img
spot_img

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनमा प्रबेशद्वार तथा सोही गाउँ निवासी नेपाली कांग्रेस पर्सा क्षेत्र नमबर ३ का महाधिवेशन प्रतिनिधी स्व. फुलचन साह कानुको शालिक निर्माण हुने भएकाे छ ।

बहुदरमाई नगरपालिकाको वडा नम्बर ८ रामनगरी र सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर ५ महुवनको दक्षिणपटि सिमानामा निमार्ण हुने प्रबेशद्वार र शालिककाे मंगलबार एक कार्यक्रमका बिच सखुवाप्रसौनि गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवालले शुभारम्भ गरेका छन् ।  

शालिक निमार्ण हुने नेपाली कांग्रेसका नेता कानुको २०२३ साल माघ महिनाको २० गते महुवन गाउँमा जन्म भएको थियो । उनको ०६४ साल भदौ ८ गते गोली हानी हत्या गरिएको थियो । कानुकाे हत्याको जिम्मा जन्तान्त्रीक मुक्ति मोर्चाका चौहान सिंह र तुफान सिंहले एक प्रेस बिज्ञप्ती जारी गरी लिएका थिए ।

उनलाई सहिद घोषणा गराउन र शालिक निमार्ण गराउन महुवनका सम्मपुर्ण कांग्रेसी नेता कार्यकर्ता, अगुवा, गाउँका भद्रभलादमीहरु लागी परे पनि नेपाल सरकारले सहिद घोषणा नगर्दा सम्मपुर्ण महुवन बासी नै असंतुष्ट रहेको स्थानिय श्यामबाबु पटेलले बताए ।

सखुवाप्रसौनी गाउँपालिकाको ६ लाखको लागतमा शालिक निमार्ण भईरहेकाे गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले बताए ।

गाउँपालिका अध्यक्ष जयसवालले नेपाल सरकार र नेपाली कांग्रेस पार्टीले गर्न नसकेको काम सखुवाप्रसौनी गाउँपालिकाले गर्दा गर्व महशुस भएको बताए । 

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी तथा युवा नेता समेत रहेका स्व. कानु पार्टीको मात्रै होईन हाम्राे क्षेत्र नम्बर ३ भरीको नेता तथा समाजसेवी भएकाे गाउँवासीको भनाई छ । 

शिलान्यास कार्यक्रममा वडाका वडाध्यक्ष, सदस्यहरु, समाजसेवी श्रीराम गिरी, शिव साह, श्यामबाबु पटेल, पुरन यादव लगायत गाउँका दर्जनौ स्थानियहरुको सहभागीतामा रहेकाे थियाे ।

प्रबेशद्वार र स्व. फुलचनकाे शालिक निमार्ण कार्य शुरु भएको सुन्दा महुअवनवासी सहित एकडर्वा, रामनगरी, बलुवा, देवरबाना, शोलकपुर, लखनपुर लगायतका गाउँमा खुशीयाली छाएको लखनपुर निवासी शिव साह तेलीले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...