Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

पर्साका १० सहित थप १८ जनामा काेराेना संक्रमण

spot_img
spot_img

वीरगंज । पर्साका १० जना सहित वीरगंजमा गरिएकाे परिक्षणमा थप १८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा साेमबार ९२ जनाकाे पिसिआर विधिबाट गरिएकाे परिक्षणमा १८ जनामा संक्रमण पुष्टि भएकाे अस्पतालकाे काेभिड फाेकल पर्सन डा. सराेज राेशन दासले वताए ।

पर्साका १० जना, बाराका ६ जना र सर्लाहीका २ जनामा काेराेना संक्रमण देखिएकाे उनले जानकारी दिए । उनका अनुसार संक्रमित हुनेमा २ जना महिला र १६ जना पुरुष रहेका छन् । संक्रमितहरु १७ बर्षदेखी ९० बर्ष उमेर समुहका रहेका छन् । उनीहरुकाे सिटि भ्यालु १८.६ देखी ३५.९ सम्म रहेकाे छ ।

पर्साकाे वीरगंज महानगरपालिका वडा नं. २, १० का २/२ जना, वडा नं. ४, १२, १५, २२, पटेर्वा सुगाैली गाउँपालिका वडा नं. ५ का एक जना र बिन्दवासिनी गाउँपालिकाकाे झाैवाका एक जनामा संक्रमण देखिएकाे डा. दासले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...