Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वीरगंजमा निषेधाज्ञा उलघंन गर्नेलाई कारवाही

spot_img
spot_img

वीरगंज । पर्सामा निषेधाज्ञा उलंघन गर्नेहरुकाे संख्यामा वृद्धि हुन थालेपछि प्रहरीले निषेधाज्ञा उलंघन गर्नेहरुलाई कारवाही गर्न थालेकाे छ ।

प्रहरीले वीरगंजकाे विभिन्न स्थानमा अत्यावश्यक सेवा वाहेकका अन्य मालसामानहरूको पसल संचालन गर्ने र अनावश्यक सवारी साधन चलाउनेहरुलाई नियन्त्रणमा लिएर कारवाही गर्न थालेकाे हाे । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंजकाे विभिन्न स्थानमा अत्यावश्यक सेवा वाहेकका अन्य मालसामानहरूको पसल संचालन गर्ने १५ जनालाई साेमबार नियन्त्रणमा लिएकाे थियाे ।  

काेराेना भाईरस नियन्त्रण तथा रोकथामको लागि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गरी पसल संचालन गरेको पाइएकोले उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइ अब उप्रान्त निषेधाज्ञा अवधिभर पसल नखोल्ने शर्तमा सम्झाइ बुझाइ गरी छोडिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

वीरगंजका बालाजी पसलका बन्टीबाबु गुप्ता,  आकाश इन्टरनेशनल पसलका आषिश गुप्ता, डिलाई गो रेष्टुरेन्टका प्रिन्स श्रीवास्तव र सन्देश जैसवाल, श्रेष्ठ टेलर्सका सोनू श्रेष्ठ, पिपा सेन्टरका मनिष गुप्ता, विशाल ट्रेडर्सका सुरज गुप्ता, मितेश ट्रेडर्सका भोला प्रसाद कलवार, नमी ट्रेडर्सका नसिम अख्त्तर, नेहा भिजन ईलेक्ट्रोनिक्सका बलराम प्रसाद सोनार, वीरगञ्ज ईलेक्ट्रोनिक्सका रुपेश कुमार सर्राफ, पायल स्टुडियोका शेख नजिर, बी एण्ड बी होटेलका गोपाल तामाङ र बिकास तामाङलाई सम्झाई बुझाई छोेडिएकाे उनले जानकारी दिए । 

माेटरसाईकललाई दुई हजार र चार पाङ्ग्रे सवारी साधानलाई पांच हजार जरिवाना 

यस्तै, वीरगंजमा विना काम अनावश्यक रुपमा सवारी साधन चलाउनेहरुलाई पनि प्रहरीले कारवाही गरेकाे छ । साेमबार विहान वीरगंजकाे घण्टाघरस्थित मेनराेडमा प्रहरी निरिक्षक दिपेन्द्र श्रेष्ठकाे नेतृत्वमा खटेकाे प्रहरी टाेलीले दर्जनाै माेटर साईकल र चार पांङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिएकाे थियाे ।

प्रहरीले नियन्त्रणमा लिएकाे माेटरसाइकललाई दुई हजार र चार पांग्रे सवारी साधनलाई पांच हजारकाे दरले जरिवाना गरी छाडेकाे थियाे ।   

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...