Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

रेडक्रसद्वारा पाेखरिया नगरपालिकालाई माक्स सहयाेग

spot_img
spot_img

पाेखरिया । नेपाल रेडक्रस सोसाईटी उप शाखा पोखरिया पर्साले पाेखरिया नगरपालिकालाई स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ । रेडक्रस पाेखरिया उपशाखाले ५०० पिस सर्जिकल फेस माक्स नगरपालिकालाई सहयाेग गरेकाे हाे ।

रेडक्रस पाेखरिया उपशाखाका सभापति भगवान प्रसाद कुर्मीले नगरपालिकाका मेयर दिपनारायण राैनीयारलाई साे माक्स नगरपालिकाकाे कार्यालयमा पुगी साेमबार हस्तान्तरण गरेका हुन् ।

गरिब, दलित, जनजाती, आदिबासी, पिछडा वर्ग लगायतका ब्यक्तहरुलाई नगरपालीकामार्फत बितरण गर्न नगरपालिकालाई माक्स सहयाेग गरिएकाे रेडक्रस पाेखरियाका सभापती कुर्मीले बताए ।

रेडक्रस पर्सा जिल्ला शाखाद्वारा पर्सा जिल्ला भरी रहेका २४ वटा उपशाखा मार्फत स्थानीय तह, अस्पताल, स्वास्थकर्मी लगायत निकारहरुलाई मास्क वितरण गर्ने कार्यक्रम अनुसार पाेखरिया उपशाखाले पोखरीया नगरपालिकालाई माक्स हस्तान्तरण गरेकाे रेडक्रस पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।

माक्स हस्तान्तरण कार्यक्रममा रेडक्रस पाेखरिया उपशाखाका कोषाध्यक्ष बिनोद गिरी, नगरपालिकाकाे समाजिक बिकास शाखाका नरेन्द्र साह कानु, नौसाद आलम लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...