Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

रेडक्रसद्वारा पाेखरिया नगरपालिकालाई माक्स सहयाेग

spot_img
spot_img

पाेखरिया । नेपाल रेडक्रस सोसाईटी उप शाखा पोखरिया पर्साले पाेखरिया नगरपालिकालाई स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ । रेडक्रस पाेखरिया उपशाखाले ५०० पिस सर्जिकल फेस माक्स नगरपालिकालाई सहयाेग गरेकाे हाे ।

रेडक्रस पाेखरिया उपशाखाका सभापति भगवान प्रसाद कुर्मीले नगरपालिकाका मेयर दिपनारायण राैनीयारलाई साे माक्स नगरपालिकाकाे कार्यालयमा पुगी साेमबार हस्तान्तरण गरेका हुन् ।

गरिब, दलित, जनजाती, आदिबासी, पिछडा वर्ग लगायतका ब्यक्तहरुलाई नगरपालीकामार्फत बितरण गर्न नगरपालिकालाई माक्स सहयाेग गरिएकाे रेडक्रस पाेखरियाका सभापती कुर्मीले बताए ।

रेडक्रस पर्सा जिल्ला शाखाद्वारा पर्सा जिल्ला भरी रहेका २४ वटा उपशाखा मार्फत स्थानीय तह, अस्पताल, स्वास्थकर्मी लगायत निकारहरुलाई मास्क वितरण गर्ने कार्यक्रम अनुसार पाेखरिया उपशाखाले पोखरीया नगरपालिकालाई माक्स हस्तान्तरण गरेकाे रेडक्रस पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।

माक्स हस्तान्तरण कार्यक्रममा रेडक्रस पाेखरिया उपशाखाका कोषाध्यक्ष बिनोद गिरी, नगरपालिकाकाे समाजिक बिकास शाखाका नरेन्द्र साह कानु, नौसाद आलम लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...