Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

बोडरमा खटिने स्वयंसेवक र सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री सहयाेग

spot_img
spot_img

वीरगंज । बोडरमा खटिने स्वयंसेवक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र भारतबाट नेपाल आउने यात्रुहरुको लागि स्वास्थ्य सामाग्री तथा खानेपानी सहयाेग गरिएकाे छ । 

एक्शनएड नेपाल तथा दिब्य युवा क्लब पर्साको संयूक्त साझेदारीमा संचालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत सर्जिकल माक्स २५०० थान, सेनिटाइजर २५ लिटर तथा खानेपानीको लागि मिनिरल वाटर २०४० बोतल इनार्वा प्रहरी चाैकीलाई हस्तारन्तण गरिएकाे हाे ।

भारतबाट आउने यात्रुहरुलाई खानेपानीको समस्या र स्वयंसेवक, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्रीहरुको समस्यालाई मध्यनजर गर्दै आवश्यक सामग्री सहयाेग गरिएकाे दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले वताए ।

जिल्लाको प्रोटेशन क्लष्टरको समन्वयमा वीरगंज महानगरपालिकाको शंकराचार्य गेटमा रहेको ईनार्वा प्रहरी चौकीका प्रमुख पुर्ण प्रसाद दहाल र वीरगंज महानगरपालिकाका स्वास्थ्य शाखाबाट बोडरमा खट्नु भएका ल्याब टेकनिशियन दिपेन्द्र प्रसाद चौरसिया सहितकाे टिमलाई संयूक्त रुपमा स्वास्थ्य सामाग्रीहरु क्लबका कार्यकारी निर्देशक कुर्मीले हस्तानान्तरण गरेका हुन् ।

विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना भाईरसको दोस्रो महामारिबाट सबै भन्दा बढि संक्रमण भारतमा रहेको छ । भारत र नेपालको खुल्ला सिमाना रहेको कारणले नेपालमा संक्रमण सर्ने उच्च जोखिममा रहेको छ ।

नेपाल सरकारले भारत र नेपालको खुल्ला गरेको नाका मध्ये वीरगंज नाका पनि रहेको छ । वीरगंज नाकाबाट दैनिक रुपमा २५० देखि ३०० सम्म यात्रुहरु वीरगंज आउने गरेका छन् । ति यात्रुहरुलाई वीरगंज महानगरपालिकाले एन्टीजेन टेस्ट किट मार्फत कोरोना टेस्ट गरिरहेकाे छ ।

जसले गर्दा भारतबाट आउने यात्रुहरुलाई खानेपानीको लागि सहज हाेस् र बोडरमा खट्ने स्वयंसेवक, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले आफुलाई सुरक्षित महसुस गरुन उद्देश्यले आवश्यक स्वास्थ्य सामग्रही सहयाेग गरिएकाे क्लबका कार्यकारी निर्देशक पटेलले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीका चितवन पुगेका २२९ शव जमिनमा गाडिँदै

चितवन । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका र बगेर चितवनसम्म पुगेका पहिचान हुन नसकेका शवहरू संक्रमण फैलिन नदिन जमिनमा व्यवस्थापन गरिने भएको छ। जिल्ला...

हरिखेतान बहुमुखी क्याम्पसद्वारा बाढीपीडितका लागि ५ लाख सहयोग

वीरगंज । हरिखेतान बहुमुखी क्याम्पस वीरगंजले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ...

भोटेकोशी बाढीले बगाएको सेफ तोडेर पैसा चोरी गर्ने पर्साका अन्सारी सहित २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राखिएको सेफ फेला पारी तोडफोड गरी पैसा चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई...